२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना खोप लगाउन यौनकर्मीसँग निःशुल्क समय बिताउने अफर !

२०७८, २७ कार्तिक शनिबार ०२:४०

कात्तिक २७, भियना । कोरोना भाइरससँगको लडाईंमा मानिसहरु भ्याक्सिन लगाउन तयार छैनन् । जसको कारण महामारी नफैलियोस भन्नकै लागि मानिसहरुलाई खोप केन्द्रमा ल्याउन विभिन्न प्रकारको अफर दिइँदैछ । यसमा डिस्काउन्ट, फ्रि बियरका साथै विभिन्न अफर लागू गरिएको छ तर अस्ट्रियाको राजधानी भियनामा जुन अफर दिइँदैछ, त्यो सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । भियनामा कोरोना भ्याक्सिन लगाउनेहरुले यौनकर्मीसँग निःशुल्क समय बिताउने अफर दिइँदैछ । फन पलास्ट नामको वेश्यालयले यो अचम्मको अफर ल्याएको हो । यो वेश्यालयले खोपको सुविधा पनि उपलब्ध गराइरहेको छ ।

अफरमा बताइए अनुसार खोप लगाएका व्यक्तिले आफूलाई मनपरेको यौनकर्मीसँग निःशुल्क ३० मिनेटको समय बिताउन सक्नेछ । रोचक कुरा के हो भने यो अफरको लाभ उठाउन मानिसहरु पुगिरहेका पनि छन् । वेश्यालयका अनुसार खोप अभियानलाई प्रोत्साहन दिनु सबैको जिम्मेवारी हो । यसैलाई बुझ्दै आफूहरुले यस्तो अफर दिइरहेको वेश्यालयले बताएको छ ।

अस्ट्रियामा ६४ प्रतिशत मानिसले मात्रै पूर्ण खोप लगाएका छन् । सरकार खोप अभियानको गति बढाउने कोसिस गरिरहेको छ । यसका लागि कडा निर्णय लिइँदैछ पनि । जस्तै रेष्टुरेन्ट, पब, सैलुन र अन्य सार्वजनिक स्थानमा भ्याक्सिन नलगाएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ । देशका कडा नियम लागू गरिएको छ जसअन्तर्गत होटल र सिनेमाघर वा २५ जनाभन्दा बढीको कार्यक्रममा जानका लागि पूर्ण खोपको प्रमाणपत्र वा कोरोनाभाइरसबाट निको भएको प्रमाणपत्र दिन आवश्यक पर्छ ।

अस्ट्रियामा ठूलो संख्यामा मानिसहरु वेश्यालय जान्छन्, यस्तोमा यौनकर्मीसँग निःशुल्क समय बिताउने अफर प्रभावकारी हुने अनुमान गरिएको छ । प्रशासनसँग जोडिएका अधिकारीले पनि फन पलास्टको यो पहलले खोप अभियानलाई तीब्रता दिन मद्दत गर्ने विश्वास राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट