५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना खोप लगाउन यौनकर्मीसँग निःशुल्क समय बिताउने अफर !

२७ कार्तिक २०७८, शनिबार ०२:४०

कात्तिक २७, भियना । कोरोना भाइरससँगको लडाईंमा मानिसहरु भ्याक्सिन लगाउन तयार छैनन् । जसको कारण महामारी नफैलियोस भन्नकै लागि मानिसहरुलाई खोप केन्द्रमा ल्याउन विभिन्न प्रकारको अफर दिइँदैछ । यसमा डिस्काउन्ट, फ्रि बियरका साथै विभिन्न अफर लागू गरिएको छ तर अस्ट्रियाको राजधानी भियनामा जुन अफर दिइँदैछ, त्यो सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । भियनामा कोरोना भ्याक्सिन लगाउनेहरुले यौनकर्मीसँग निःशुल्क समय बिताउने अफर दिइँदैछ । फन पलास्ट नामको वेश्यालयले यो अचम्मको अफर ल्याएको हो । यो वेश्यालयले खोपको सुविधा पनि उपलब्ध गराइरहेको छ ।

अफरमा बताइए अनुसार खोप लगाएका व्यक्तिले आफूलाई मनपरेको यौनकर्मीसँग निःशुल्क ३० मिनेटको समय बिताउन सक्नेछ । रोचक कुरा के हो भने यो अफरको लाभ उठाउन मानिसहरु पुगिरहेका पनि छन् । वेश्यालयका अनुसार खोप अभियानलाई प्रोत्साहन दिनु सबैको जिम्मेवारी हो । यसैलाई बुझ्दै आफूहरुले यस्तो अफर दिइरहेको वेश्यालयले बताएको छ ।

अस्ट्रियामा ६४ प्रतिशत मानिसले मात्रै पूर्ण खोप लगाएका छन् । सरकार खोप अभियानको गति बढाउने कोसिस गरिरहेको छ । यसका लागि कडा निर्णय लिइँदैछ पनि । जस्तै रेष्टुरेन्ट, पब, सैलुन र अन्य सार्वजनिक स्थानमा भ्याक्सिन नलगाएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ । देशका कडा नियम लागू गरिएको छ जसअन्तर्गत होटल र सिनेमाघर वा २५ जनाभन्दा बढीको कार्यक्रममा जानका लागि पूर्ण खोपको प्रमाणपत्र वा कोरोनाभाइरसबाट निको भएको प्रमाणपत्र दिन आवश्यक पर्छ ।

अस्ट्रियामा ठूलो संख्यामा मानिसहरु वेश्यालय जान्छन्, यस्तोमा यौनकर्मीसँग निःशुल्क समय बिताउने अफर प्रभावकारी हुने अनुमान गरिएको छ । प्रशासनसँग जोडिएका अधिकारीले पनि फन पलास्टको यो पहलले खोप अभियानलाई तीब्रता दिन मद्दत गर्ने विश्वास राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ