2026-09-12 01:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनकपुर तनावग्रस्त: प्रशासनद्वारा निषेधाज्ञा घोषणा

कात्तिक २७, धनुषा | जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच भएको विवादले उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयलाई लिएर शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधाममा प्रदर्शन गर्दै रुपैठा पुगेपछि अवस्था तनावपूर्ण बनेको हो । 

तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जन बढी अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीसंगको झडपको क्रममा दुई जना प्रहरी र एक जना स्थानीय महिला घाइते भएका छन् । 

घटनालाई प्रहरीले नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले तनाब रहेको स्थानमा भेला जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति ०७८ कार्तिक २७ देखि दिउँसो २ बजेदेखि कार्तिक २८ को राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको जनाएका छन् ।

केही दिनअघि छठ पर्वमा घाट निर्माण गर्ने विषयमा स्थानीय समुदायले अवरोध खडा गरेपछि भएको झडपमा चार जना घाइते भएका थिए । सोही विषयलाई लिएर आज पुन: स्थानीय दुई समुदायबीच झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा