२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवाको नेतृत्वमा १४औं महाधिवेशन मूल तयारी समिति गठन, कसलाई के जिम्मेवारी ?

२०७८, २८ कार्तिक आईतवार १३:३७

कात्तिक २८, काठमाडौं | नेपाली कांग्रेसले मंसिर अन्तिम साता हुने १४औं महाधिवेशनका लागि मूल तयारी समिति गठन गरेको छ ।

बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा १४औं महाधिवेशन मूल तयारी समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

१४ औं महाधिवेशन मूल तयारी समितिमा केन्द्रीय कार्यसमितिका सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सातै प्रदेशका संसदीय दलका नेताहरु सदस्य रहेका छन् ।

प्रवक्ता शर्माका अनुसार अर्थ संकलनका लागि केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ । समिति पूर्णता दिने अधिकार कार्कीलाई नै दिइएको छ ।

भोजन तथा आवास व्यवस्थापनमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिमा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रचार प्रसार समितिमा प्रवक्ता विश्वप्रकाश शर्मा, उद्घाटन समारोह मञ्च व्यवस्थापन समितिमा काठमाडौंका जिल्ला सभापति संयोजक रहनेगरी भक्तपुर र ललितपुरका सभापतिलाई जिम्मा दिइएको छ ।

स्वास्थ्य समितिमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिमा केन्द्रीय सदस्य सीता गुरुङ, स्वयंसेवक व्यवस्थापक मूल समितिको संयोजकमा नेपाल भूतपूर्वसैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्के राना रहेका छन् । यी समितिमा संयोजकहरुले आवश्यकताअनुसार सदस्य चयन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

धेरै जिल्लामा वडा अधिवेशन भइसकेको र स्थगित भएका केही जिल्लाको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तय गर्ने प्रवक्ता शर्माले बताए । उनकाअनुसार ३ मंसिरमा हिमाली पहाडी जिल्ला (जहाँ एउटा निर्वाचन क्षेत्र छ) बाहेक एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाहरुमा प्रदेश अधिवेशन हुँदैछ ।

६ गते संघीय क्षेत्रको अधिवेशन भएर १० मंसिरमा सम्पन्न भइसकेका हिमाली जिल्ला बाहेक सबै जिल्लाको जिल्ला अधिवेशन हुनेछ । आयोजना गर्न आयोजक समितिहरु पनि गठन गरिएको छ ।

प्रदेशमा प्रदेश सभापतिको नेतृत्वमा, संघमा संघीय सभापतिको नेतृत्वमा र जिल्लामा जिल्ला सभापतिको नेतृत्वमा समिति रहने प्रवक्ता शर्माले बताए । तर सातवटा प्रदेशमा प्रदेश संरचना पहिलोपटक बनाउन लागेकाले १६-१७ मंसिरमा सम्पन्न हुने अधिवेशनका लागि केन्द्रबाट संयोजक तोकेर आयोजक समिति प्रस्ताव गरिएको छ ।

प्रदेश १ मा पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशको बुटवलमा हुने अधिवेशनका लागि गृहमन्त्री बालकृष्ण खाड, कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाही, सुदूरपश्चिममा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ