१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस अछाममा चार प्रदेश सभापतिका लागि ११ जना चुनावी मैदानमा

२ मंसिर २०७८, बिहीबार १३:२४

कल्पना बोहरा | मङ्सिर १, अछाम | नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी चहलपहल तीव्र रूपमा अघि बढेको छ ।   देशव्यापी रूपमा नेता तथा कार्यकर्ताहरू पार्टी भित्र अन्तर संघर्षको दौडधुपमा लागेका छन् ।

अछाममा कांग्रेसका शीर्ष नेताहरूदेखि सामान्य कार्यकर्ताहरू आफ्नो पक्षमा भोट माग्न थालेका छन् । जिल्लाका दुबै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरू भोट माग्न व्यस्त देखिन थालेका हुन । ३ मंसिरमा  प्रदेशसभाको चुनावका लागि प्रदेशका उम्मेद्‌वारहरू भोट माग्न व्यस्त छन् । दुईवटा निर्वाचन क्षेत्र गरी चारवटा प्रदेशसभा क्षेत्र रहेको अछाम जिल्लामा ११ जना उम्मेद्‌वार छन् ।

निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी दौडमा 

अछामको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) का लागि दुईजना चुवावी दौडमा  छन् । साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका मिलेर बनेको प्रदेश सभा (क) का लागि महेश खड्का र गोकुल भाट चुवानी दौडमा होमिएका छन् ।

नेपाली कांग्रेस साँफेबगर नगर कार्यसमिति सभापति रहेका भाट र चौरपाटी गाउँपालिकाबाट क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमिति सदस्य रहेका खड्काका बीच प्रतिस्पर्धा हुने भएको हो ।

क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) का लागि पाँच जना चुनावी दौडमा छन् । रामारोशन गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका मिलेर बनेको प्रदेश सभा (ख) का लागि युवा नेता डम्बर स्वाँर, चन्द्र प्रकाश देवकोटा, पदम शाह, पदम खड्का र कमल खनाल चुवानी दौडमा होमिएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावी दौडमा 

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) को सभापति पदका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । विनायक पञ्चदेवल नगरपालिका, कमलबजार नगरपालिकाको केही भाग र तुर्माखाँद गाउँपालिका मिलेर बनेको प्रदेश सभा (क) को सभापति पदका लागि युवा नेता ताराप्रसाद खनाल र कर्णबहादुर बुढा चुवानी दौडमा होमिएका छन् ।

यस्तै प्रदेश सभा (ख) का लागि पनि दुई जना चुनावी दौडमा छन् । मंगलसेन नगरपालिका, कमलबजार नगरपालिकाको केही भाग र ढकारी गाउँपालिका मिलेर बनेको प्रदेश सभा (ख) मा युवा नेता रवीन्द्रबहादुर शाही र पूर्ण रावलबीच प्रतिस्पर्धा हुने भएको छ ।

९१ वडा रहेको अछाममा क्षेत्र नम्बर १ का ४२ वडाबाट र क्षेत्र नम्बर २ का ४९ वडाबाट चुनिएका एक हजार ५६७ क्षेत्रीय प्रनितिधि मतदाताका रूपमा रहेका कांग्रेस जिल्ला सचिव नमबहादुर शाहीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक