२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमाओवादी नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान हुन्छ : नेम्वाङ

२०७८, ४ मंसिर शनिबार ०३:५२

मङ्सिर ४, काठमाडौँ | नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले तत्कालीन माओवादी केन्द्र परित्याग गरी आएका नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान दिइने बताएका छन् । एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ ।

एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले पूर्वमाओवादी नेताहरुलाई प्रतिस्पर्धाबाट आउन अफ्ठेरो हुने अवस्था भएकाले सहमतिका आधारमा सम्मानजनक स्थान दिइने बताएका हुन् ।

'हामी उहाँहरुलाई माओवादी नेता त भन्दैनौं एकीकृत कम्युनिस्ट पार्टीका नेता नै भन्छौं । तर, पनि बोलिचालीको भाषामा पूर्वमाओवादी भनिने भएकाले महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा उहाँहरुलाई त्यति सहज नहुन सक्छ । त्यसैले उहाँहरुलाई नेतृत्वमा ल्याउन सोच्नुपर्छ,'  नेम्वाङले न्युज कारखानासँग भने, 'त्यसैले सहमतिका आधारमा उहाँहरुलाई नेतृत्वमा स्थापित गरिन्छ ।'

उनका अनुसार त्यसबारे नेतृत्व तहमा छलफल र गृहकार्य भइरहेको छ ।

तत्कालीन नेकपा विभाजन भइ एमाले र माओवादी केन्द्र ब्यूतिँदा नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह लगायत नेताहरु एमालेतिर लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना