२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामायण सर्किटमा नेपाल, भारत र श्रीलंकालाई जोड्न छलफल सुरु

२०७८, ४ मंसिर शनिबार १५:०९

मङ्सिर ४, जनकपुरधाम | तेस्रो रामायण सर्किट,  मिथिला र अवधको सम्बन्ध विषयमा अन्तर्राष्ट्रिय सम्मेलन जनकपुरधामबाट सुरु भएको छ । 

रामायणमा भारत, नेपाल र  श्रीलंकाबीचको सम्बन्धलाई उजार गरे जस्तै तीनै देशलाई जोडने गरी रामायण सर्किटको आवश्यकता रहेकोले शनिबार तीनै देशका प्रनिधिनिहरूबीच छलफल भएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा तीनै देशका प्रतिनिधिहरूले रामायण सर्किट, मिथिला र अवधको सम्बन्धको विषयमा आफ्ना धारणा राखेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश २ का प्रदेश प्रमुख हरिसंकर मिश्रले २०७५ वैशाख २८ गत्ते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेको जनकपुरधाम–अयोध्या बस सेवा पुनः सुचारु गर्न दुवै देशबीच समन्वय भइरहेको  बताए ।

त्यसैगरि, कार्यक्रममा श्रीलंकाकी राजदूत हिमाली सुभाषणी अरुण तिलकाले रामायण सर्किट निर्माणले भारत नेपाल र श्रीलंका तीनवटै देशको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । बुद्ध धर्मावलम्बीहरूको कारणले नेपाल र श्रीलंकाको सम्बन्ध रहँदै आएको बताउँदै उनले रामायण सर्किटले यी देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने बताइन् । 

भारत यूपिका कमिस्नर विशाल सिंहले भारतको अयोध्या र जनकपुरधामलाई जोड्न चाँडै हवाईसेवा र रेलमार्गको काम हुने बताए । अयोध्यादेखि जनकपुरधाम जोड्न बस सेवा चाँडै सुरु हुने बताउँदै उनले डबल लाइनको रेल्वे ट्याकको निर्माण कार्यसमेत भइरहेको बताए । 


कार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साहले जनकपुरधाम बिना रामायण अधुरो रहेको भन्दै रामायण सर्किटलाई जनकपुरधामसँग जोड्नु अति आवश्यक रहेको बताए । इतिहासमा जनकपुरधाम र अवधको सम्बन्ध बारे लामो वर्णन गरिएको बताउँदै मेयर साहले भने, ‘त्रेता युगको सम्बन्धलाई वर्तमान समयमा पनि स्थापित गर्नुपर्ने समय आएको छ, यसको लागि दुवै देशका सरकारले पहल गर्नुपर्छ ।’

जनकपुरधाम उप–महानगरपालिकाको आयोजना तथा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहआयोजनामा सुरु भएको सम्मेलन आइतबार सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ