2026-08-25 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ए डिभिजन लिग: विभागीय डर्बी आज, मछिन्द्रलाई एनआरटीको चुनौती

मङ्सिर ६, काठमाडौं | विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दा सहिद स्मारक ’ए’ डिभिजन लिगको पहिलो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती पेस गर्दैछ । 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ बजे सुरु हुनेछ । 

लिगको पहिलो खेलमै विभागीय प्रतिद्वन्दी पाउँदा दुबै टोलीले अंक जोड्न कठिन महसुस गरेका छन् । यद्यपि दुबै टोली सिजनको सुरुआत सुखद् बनाउन चाहन्छन् । साविक उपविजेता समेत रहेको आर्मीले पुलिसलाई कमजोर मान्ने छैन ।  पुलिस समेत आर्मीलाई सहज मान्दैन । 

नविन न्यौपानेको प्रशिक्षणमा रहेका आर्मी राष्ट्रिय फुटबल टोलीका सदस्य भरत खवासको कप्तानीमा हुनेछ । आर्मीले यस सिजनको लिगमा स्ट्राइकर नवयुग श्रेष्ठलाई गुमाएको छ । लिगको प्रि–सिजनका क्रममा नवयुगले घुँडामो चोट लागेको छ । 

पूर्वखेलाडी अनन्तराज थापाको प्रशिक्षणमा रहेको पुलिस युवा खेलाडी राम वाजीको कप्तानीमा हुनेछ । पुलिसको कप्तानी यसैले गर्ने भनेर पक्का भने छैन । विभागीय टोलीले दर्जाको हिसाबमा प्लेईङ सेटमा खेल्नेलाई कप्तानी दिँदै आएको प्रचलन छ । पुलिसलाई तेज तामाङ, सुमन  लामा, अजित प्रजापति, रवि पासवान लगायत खेलाडीको साथ हुनेछ । 

पहिलो चरणको अन्तिम तथा आजको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती पेश गर्नेछ । खेल साझ पौने ५ बजे सुरु हुनेछ । 

साविक विजेतासमेत रहेको मछिन्द्र यस पटक समेत स्टार र ठूला नामका खेलाडीलाई अनुबन्धन गरेर उपाधि दौडमा रहनेछ । प्रवेश कटुवालको प्रशिक्षणमा टोलीले सुखद् सुरुआत गर्ने योजना बनाएको छ । अट्याकर सुजल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्रलाई राष्ट्रिय टोलीका युवा खेलाडीको साथ रहेको छ । 

मछिन्द्रले विमल घर्तीमगर, मनिष डाँगी, सुनिल बल, विशाल राई, रेजिन धिमाल, रेजिन सुब्बा, देभेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, विदेशी खेलाडी नुर्लानलाई मैदान उतार्दै आक्रामक फुटबल खेल्ने योजना बनाएको छ । 

नेपाली फुटबलका इतिहास बनेका राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्युरोड टिम एन आर टी पनि सुरुआती खेलमा तिन अंक ल्याएर लिगमा सुखद् सुरुवात गर्ने योजनमा छ । 

क्लबले मछिन्द्रलाई रोक्दै काउण्टरमा दबाब शृजना गर्न सक्छ । जसका लागि मछिन्द्रले नेपाल सुपर लिग (एनएसएल) मा उत्कृष्ट प्रदर्शन गरेका विदेशी खेलाडी मेसुके ओलोमोउ र स्टेफन सिमरलाई टोलीमा अनुबन्धन गरेको छ । क्लबले दुई खेलाडीबाट धेरै आशा गरेको छ । 

टोलीलाई राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, एरिक विष्टको साथ छ । एन आरटी अजित प्रजापतिको कप्तानीमा मैदान उत्रने छ । 

१४ क्लबको सहभागीता रहेको लिगको पुछारको २ टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग