२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशन: ओलीसहित अन्तिम लडाईंमा छन् एमालेका ६ नेता

२०७८, ६ मंसिर सोमबार ११:४४

मङ्सिर ६, काठमाडौं | नेकपा एमालेको नवौं महाधिवेशनबाट पारित विधानले व्यवस्था गरेको ७० वर्षे उमेरहदका कारण पूर्वअध्यक्ष भरतमोहन अधिकारी र नेता सिद्धिलाल सिंह सो महाधिवेशनबाटै बिदा भए । 

एमालेको ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था नेकपा माओवादी केन्द्रसँग एकतासँगै निष्क्रिय बनाइयो । गोदावरीमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले फेरि यो व्यवस्था ब्युँताएको छ ।

यो विधानअनुसार अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र केशव बडाल १०औं महाधिवेशनबाटै बिदा हुँदैछन् । 

नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्षसहितका ६ जना पदाधिकारीलाई भने १०औं महाधिवेशन ‘गर या मर’ हुने देखिएको छ । विधानमा रहेको ७० वर्षे उमेरहदका कारण अध्यक्ष केपी ओलीसहितका ६ जना नेता यो महाधिवेशनबाट नेतृत्व या पदाधिकारीमा अटाउन सकेनन् भने उनीहरू कहिल्यै एमालेको कार्यकारी भूमिकामा हुने छैनन् । 

अध्यक्षका एकमात्र बलिया दाबेदार ओली आगामी फागुनमा ७१ वर्षका लाग्दैछन् । तीन महिनाअघि महाधिवेशन भएका कारणमात्र उनी एमालेको कार्यकारी भूमिकामा अन्तिम पटक प्रतिस्पर्धा गर्दै छन् । 

११औं महाधिवेशनमा आइपुग्दा उनी स्वतः पार्टीको कार्यकारी भूमिकाबाट अलग भइसकेका हुनेछन् । ओलीसँगै १०औं महाधिवेशनमा अध्यक्षका दावेदार उपाध्यक्ष भीम रावल पनि यस पटक नेतृत्व या पदाधिकारीमा अटाउन सकेनन् भने ११औं महाधिवेशनपछि एमालेको कार्यकारी भूमिकामा देखिन पाउने छैनन् । उनी ६६ वर्षका भइसकेका छन् । ११औ महाधिवेशनसम्ममा उनी ७० वर्ष कटिसकेका हुनेछन् । 

महासचिव तथा वरिष्ठ उपाध्यक्षका दावेदार ईश्वर पोखरेल पनि यस पटक अन्तिम लडाईंमा छन् । उनी पनि ६७ वर्षका भइसकेका छन् । अर्को महाधिवेशनसम्म पुग्दा उमेरहदका कारण उनले पनि अवकाश पाइसक्नेछन् । 

अहिलेसम्म पदाधिकारी हुन नपाएका सुवासचन्द्र नेम्वाङका लागि त यो महाधिवेशन इतिहास बनाउने अवसर नै हो । यस पटक उनी पदाधिकारीमा अटाउन सकेनन् भने कहिल्यै एमालेको कार्यकारी नेतृत्वमा हुने छैनन् । यस पटक उनले वरिष्ठ उपाध्यक्ष या त्यो नपाए उपाध्यक्षमा दाबी गरिरहेका छन् । नेम्वाङ पनि ६९ वर्षका पुगिसकेका छन् । 

आफ्ना श्रीमान् अमृत बोहोरा १०औं महाधिवेशनवाट बिदाइ हुँदै गर्दा ६७ वर्षीया अष्टलक्ष्मी शाक्य अन्तिम पटक पार्टीको कार्यकारी पदमा प्रतिस्पर्धामा उत्रने तयारीमा छिन् । १०औं महाधिवशनबाट उनी पदाधिकारीमा चुनिन सकिनन् भने शाक्यका लागि एमाले राजनीतिमा उपाध्यक्ष पद नै श्रेष्ठ पद बन्नेछ ।

केपी ओलीले नै अनुशासन आयोगको अध्यक्ष बनाउन खोजेका उपाध्यक्ष युवराज ज्ञवाली ६८ वर्षका भए । १०औं महाधिवेशनमा ओलीले उनलाई अनुशासन आयोगको अध्यक्षमा मनाए भने उनको पनि यो नै अन्तिम कार्यकारी कार्यकाल हुनेछ । उनी पनि सके बरिष्ठ उपाध्यक्ष नभए पनि उपाध्यक्ष बन्ने कोसिसमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ