२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कांग्रेस जगत खड्काको ह्याट्रिक

२०७८, ९ मंसिर बिहीबार ०६:१८

मंसिर ९,  दाङ | कांग्रेस राजनीतिमा जगतबहादुर खडका चर्चित नाम हो । दाङ कांग्रेसको राजनीतिमा निर्णायक पनि हुँदै आएका छन् । निर्वाचन क्षेत्र नं ३ लाई १५ वर्षदेखि हाँक्दै आएका ६६ वर्षीय उनीमा युवा जोश देखिन्छ ।  

तुलसीपुर उपमहानगरपालिका १० घर भएका खड्का निर्वाचनका बेला बढी चर्चामा आउने गर्दछन् । सहज रूपमा संगठनलाई चलायमान गराइरहेका खड्का अहिले क्षेत्रीय सभापतिमा निर्वाचनमार्फत ह्याट्रिक गरेका छन् ।

११औँ महाधिवेशनदेखि क्षेत्रीय समितिमा रहेका खड्का १२औँ महाधिवेशनबाट लगातार क्षेत्रीय सभापतिमा निर्वाचित हुदै आएका छन् । ‘यो मलाई पार्टीले साविक क्षेत्र न ४ र ५ समायोजनका क्रममा क्षेत्र नं ३ को सभापतिको जिम्मेवारी सुम्पेको हो र त्यो मैले राम्रोसँग निर्वाह गरेँ । त्यसैले यो अधिवेशनमा पनि समापति जितेर आएको छु । अब अझ संगठनलाई बलियो र क्रियाशील बनाउँछु', उनले भने,  ‘म कार्यकर्तालाई परेका बेला जहाँ र जतिखेर पनि खडा हुन्छु । त्यसको माया निर्वाचनमा पाइरहेको छु ।'

११औं महाधिवेशन उनी जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भए । १२औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा निर्वाचित भए । १३औं महाधिवेशनबाट पनि क्षेत्रीय सभापतिमा निर्वाचित भए । र १४औं महाधिवेशनबाट पनि उनी सभापति निर्वाचित भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन