८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशन : क-कसले गर्दैछन् त ‘डेब्यू’?

९ मंसिर २०७८, बिहीबार ११:०४

मंसिर ९, काठमाडौं। नयाँ नेतृत्व छान्न नेकपा एमालेको महाधिवेशन शुक्रवारदेखि चितवनमा सुरु हुँदैछ। एमाले पार्टी र उसका उच्च नेतादेखि कार्यकर्ता कार्यकर्तासम्म त्यसमै व्यस्त छन्। पार्टी विभाजनपछि हुन लागेको एमाले महाधिवेशनबाट केन्द्रीय समिति र पदाधिकारी कस्तो बन्ला भन्ने चासो र चर्चाको विषय बनेको छ।

दसौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेको बेला नेताहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेपछि सबैको ध्यान एमाले महाधिवेशनमा केन्द्रित बनेको छ। ओलीको सर्वसम्मत अध्यक्षतालाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारी घोषणा गरेपछि अन्य नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। महाधिवेशनको सम्मुखमा आइपुग्दासम्म मुख नखोलेका नेताहरू महाधिवेशन स्थल नपुग्दै धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्।

महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनका लागि प्रयासमा ‘तैं चुप मै चुप’को अवस्थामा रहेका नेताहरू पनि आकांक्षी पदमा उम्मेदवारी घोषणा गर्न थालेका हुन्। यद्यपि सर्वसम्मत नेतृत्व चयनका लागि आन्तरिक ‘लबिङ’ जारी राखिएको एमाले नेताहरू बताउँदै आएका छन्। एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १५ पदाधिकारीसहित २२५ जना निर्वाचित हुने भएका छन्। महाधिवेशनले अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ र ७ सचिव गरी १५ पदाधिकारी निर्वाचित गर्नेछ।

विधानमा रहेको ७० वर्षे उमेरहदका कारण ११ औं महाधिवेशनसम्म केही नेताहरू पार्टीको कार्यकारी भूमिकाबाट बाहिरिने, १० बुँदे सम्झौता पछि एमालेमा रहेका र माओवादी पृष्ठभूमिबाट एमालेमा रहने निर्णय गरेका नेताहरूको उचित व्यवस्थापन गर्नुपर्ने चुनौती एमाले नेतृत्वको अघि छ। यता नयाँ पुस्ताले पनि पार्टी पदाधिकारी र केन्द्रीय समितिमा दाबी गरिरहेको छ। नयाँ पुस्ताका नेताहरूले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। त्यसकारण पनि महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चुन्ने प्रयास सफल नहुने निश्चित जस्तै देखिएको छ।

यस्तो अवस्थामा लुम्बिनीबाट केन्द्रीय समिति र पार्टी पदाधिकारीमा को-को अटाउला भन्ने विषय अहिले चासो र चर्चाको विषय बनेको छ। एमाले उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा गोकर्ण विष्ट र प्रदीप ज्ञवाली पदाधिकारीमा रहेका छन्। लुम्बिनीबाट नेता ठाकुर गैरै, राधा ज्ञवाली, गिरीधारीलाल न्यौपाने, दलबहादुर राना, लीला गिरी, खिमलाल भट्टराई, सूर्य थापा, ठाकुर गैरे, बैजनाथ चौधरी, नजिर मियालगायतका सबै नेताहरू पुनः केन्द्रीय नेतृत्वमा आउने गरी तयारी गरेका छन्।

नयाँ पुस्ता

यीबाहेक केन्द्रीय कमिटीमा भएका पुराना सबै दोहोरिने र नयाँ पनि उत्तिकै संख्यामा जान खोजेका छन्। लुम्बिनीमा केन्द्रीय कमिटीमा जानका लागि धेरै नयाँ अनुहार पनि आकांक्षी देखिएका छन्। रुपन्देहीबाट भोजप्रसाद श्रेष्ठ, शिवराज सुवेदी, भूमिश्वर ढकाल, तुलसी चौधरी, बलबहादुर आचार्य, सावित्रा अर्याल, गोमा आचार्य, बासु घिमिरे केन्द्रीय सदस्यका नयाँ आकांक्षी थपिएका छन्।

दाङबाट गंगा चौधरी, टीकाराम खड्का, घनश्याम पाण्डे, सरस्वती गौतम, रेवतीरमण शर्मा घिमिरे, नरूलाल चौधरी, कुलबहादुर खत्री केन्द्रीय सदस्यका आकांक्षी हुन्। कपिलवस्तुबाट बलराम अधिकारी, विश्रामप्रसाद थारू, शान्तिदेवी चमार, विष्णु पन्थी केन्द्रीय सदस्यको दौडमा लागेका छन्। पश्चिम नवलपरासीबाट तुलसी पासी, बद्रीनाथ खनाल, विमला अर्याल, गुल्मीका दिनेश पन्थी प्युठानका हरि रिजाल, बाँकेका कविराम थारू, रुकुम पूर्वबाट आशा स्वर्णकार लगायतका नेताले केन्द्रीय सदस्यका आकांक्षीका रूपमा नेताहरूलाई दबाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा