२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

डेढ वर्षपछि मधेश सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त

९ मंसिर २०७८, बिहीबार ११:२६

मंसिर ९, जनकपुरधाम |  प्रदेश २ सरकारले मधेश सहिद प्रतिष्ठान गठन भएको डेढ वर्षपछि का पदाधिकारीहरुको नियुक्त गरेको छ । बिहीबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले दुई जना मधेश आन्दोलन र दुई जना सशस्त्र जनयुद्धको सहिद परिवारलाई नियुक्ति गरेका छन् । 

रौतहटबाट सुरेन्द्रकुमार जयसवाल र सप्तरीबाट कविताकुमारी ठाकुर, सर्लाहीबाट रामनरेश राय यादव र महोत्तरीबाट शिम्पीकुमारी साहलाई नियुक्त गरेको हो । बिहीबार नियुक्त गरिएका सबै जना सहिद परिवारको सदस्य हुन् ।  

१८ माघ २०७६ साला प्रदेश सरकारले मधेश सहिद प्रतिष्ठान गठन गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सरकारले पहिला मधेश आन्दोलनको सहिदलाई मात्र सदस्यमा राख्ने व्यवस्था गरे पनि पछि माओवादी केन्द्र सरकारमा सहभागी भएपछि  सरकारले उक्त निर्देशिकालाई संशोधन गरी जनयुद्धको सहिद परिवारलाई पनि समावेश गरेको हो । 

मधेशी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालयलगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ