८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु

११ मंसिर २०७८, शनिबार ११:२८

मंसिर ११, झापा | प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् ।

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा  इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले  ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राईले गायिका रचनाको गायिकी क्षमता र वाक् शैलीप्रति आफू वान साइड लभमा परेको बताएका हुन् ।

’झापाकी गायिका रचना रिमालप्रति म वान साइड लभमा छु’, उनले भने,  ’उनको गायिकी क्षमताको प्रेममा परेको हुँ ।’

रचनाको जबाफ दिने शैलीको तारिफ गर्दै मुख्यमन्त्री राईले भने, ’अन्तर्वार्ता लिँदा तपाईं कसलाई मन पराउनु हुन्छ भनेर सोध्दा रचनाले म तपाईंलाई मन पराउँछु भनेर जबाफ दिन्छिन् ।’

नेपाली गीतसंगीतप्रति चासो र चिन्ता रहेको बताउँदै उनले विभिन्न कलाकारकाे क्षमताबारे बताए ।

गायक प्रेमराजा महतले ’पानको पात’ बोलको गीत गाउँदा नायिका रिमालसहित गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत, शंकर विसीलगायत कलाकारसँग मुख्यमन्त्री राई नाचेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस्