२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कांग्रेस बागलुङ सभापतिमा शेरचन

१५ मंसिर २०७८, बुधबार ०७:१३

मंसिर १५,  बागलुङ | नेपाली कांग्रेस बागलुङको जिल्ला सभापतिमा जीतबहादुर शेरचन निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार भएको दोस्रो चरणको मतदानबाट संस्थापन पक्षका उम्मेदवार शेरचनले आठ सय ७३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचिन भएका हुन् ।

उनका प्रतिस्पर्धी जगदीशचन्द्र उपाध्यायले ७६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । शनिबार पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवारबीच मतदान हुँदा कसैले पनि विधानले व्यवस्था गरेअनुसार ५० प्रतिशत बढी मत नल्याएपछि पुनः मतदान भएको थियो ।

कांग्रेस विधान २०१७ (संशोधनसहित) अनुसार पहिलो चरणको निर्वाचनमा सभापतिका लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउनुपर्ने उल्लेख छ ।

दोस्रो चरणको निर्वाचनमा बढी मत ल्याउने उम्मेदवार सभापति हुने व्यवस्थाअनुसार शेरचन दोस्रो चरणको निर्वाचनबाट सभापति बनेका हुन् । पहिलो चरणको निर्वाचनमा सभापतिको उम्मेदवार द्रोण कुँवरले दोस्रो चरणको निर्वाचनमा शेरचनलाई सघाएका थिए ।

जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी भएका छन् । छन्त्यालले सात सय ८७ र पौडेलले सात सय ४७ मत प्राप्त गरे । जिल्ला सचिवमा उपाध्याय प्यानलका हरिहर शर्मा र शेरचन प्यानलबाट गण्डकी थापा अधिकारी निर्वाचन भएका छन् । सहसचिवमा  फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य