2026-08-25 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यु-१९ राष्ट्रिय क्रिकेट: लुम्बिनी प्रदेश फाइनलमा

मसिर १५, काठमाडौं | प्रदेश २ लाई नौ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताकाे फाइनल प्रवेश गरेको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा एक विकेट गुमाउँदै १७० रन बनाएको थियो । 

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक रन बनाए । देवले ८९ बलमा दुई छक्कासहित ६२ रन जोडे । आकाश त्रिपाठीले ५७ र प्रज्वल थापाले १३ रनको योगदान गरे । प्रदेश २ का सन्तोष कार्कीले एक विकेट लिएका थिए । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले लुम्बिनीसामु १६८ रनको योगफल खडा पारेको थियो । प्रदेश २ का लागि सन्तोषले ९२ बलमा सर्वाधिक ८२ रन बनाए । गुल्सन झाले ३२ र आदिल अन्सारीले २२ रनको योगदान गरे । 

लुम्बिनीका वासिर ऐमदले सर्वाधिक पाँच विकेट तथा विशालविक्रम शाहीले तीन र राहुल चौधरीले दुई विकेट लिए । ६ खेलमा १० अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ भने प्रदेश २ चार अंकसहित छैटौं स्थानमा छ । 

अर्काे फाइनल पुग्ने टोलीको भने टुंगो लागेको छैन । फाइनल पुग्न प्रदेश एक र सुदूरपश्चिम प्रदेशको सम्भावना जीवितै छ । अब, अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशको सामना गर्दा सुदूरपश्चिमले बाग्मती प्रदेशको प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग