२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवल-नारायणगढ सडक निर्माण कछुवा गतिमा : तीन वर्षमा ११ प्रतिशत प्रगति, दुई वर्ष म्याद थप गर्न माग

२०७८, १७ मंसिर शुक्रबार ०६:३०

मंसिर १७, बुटवल, न्युज कारखाना | निर्माणाधीन बुटवल-नारायणगढ सडक तोकिएको समयमा पूरा नहुने भएको छ । सडक निर्माण सुरू भएको तीन वर्षमा ११ प्रतिशत मात्र प्रगति भएको छ । जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो ।

समयमा पूरा नभएपछि निर्माण कम्पनीले म्याद थपको गृहकार्य थालेको छ । १७ अर्ब रुपैयाँको लागतमा बन्ने यो सडकका लागि एसियाली विकास बैंकले ८५ प्रतिशत रकम उपलव्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ । 

निर्माण सुरू भएपछि अनेकौं समस्या झल्नुपरेको भन्दै निर्माण कम्पनीले म्याद थप गर्न आयोजनासँग माग गरेको छ । आयोजनालाई पठाएको निवेदनमा निर्माण कम्पनीले सडक निर्माण सुरू भएपछि कोरोना कहर निम्तिएको, लगातारको वर्षातले गर्दा साईट क्लियरमा ढिलाई भएको, कामको लोड पनि थपिएको र जसले गर्दा निर्माण कार्य प्रभावित भएको उल्लेख गरेको छ । सडक आयोजनासँग निर्माण कम्पनीय दुईवर्ष म्याद थप गर्न माग गर्दै पत्र पठाएको हो ।

सडक निर्माण दुई प्याकेजमा अगाडि बढाइएको छ भने दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले लिएको छ । नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने–बुटवल ४९ किलोमिटर बन्ने छ ।

दाउन्ने पश्चिमको सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म यो सडक खण्डमा ११ प्रतिशत मात्रै काम भएको जानकारी दिए । ‘कोभिडका कारण सुस्त भएको काम केही समययता भने नियमित भैरहेको छ’, उनले भने । इन्जिनियर शाक्यका अनुसार अहिले करिब पाँचसय जना कामदारले साइट क्लियरको काम गरिरहेका छन् ।

२०७५ पुसमा ठेक्का सम्झौता भएको यो सडक २२ साउन २०८० सम्म निर्माण सक्नुपर्ने उल्लेख छ । तर, निर्माण कम्पनीले २०८२ साउनसम्म निर्माण सक्नेगरी पत्र पठाएको इन्जिनियर शाक्यले बताए । म्याद थपको माग निर्माण कम्पनीले गरेपछि आयोजनाले सडकको अवस्थाबारे बुझ्न विज्ञहरूको टोली खटाएको छ । 

कोरोना कहरका कारण निम्तिएको लकडाउन र त्यसअघि रुख कटानको स्वीकृती र विद्युतका पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो । तर, अहिले भने यी सबै काम नियमित रुपमा अगाडि बढेको इन्जिनियर शाक्यले बताए ।

विद्युत प्राधिकरणले पोल नसारिदिएपछि निर्माण कम्पनी आफैले पोल सारिरहेको छ । दाउन्ने लगायतका केही स्थानमा रुख कटानको काम पनि भइरहेको छ । सडक आयोजना खण्ड 'क' का प्रमुख रमेश दृष्टिले निर्माण कार्य जारी रहेको बताए । ‘तर अहिलेसम्मको प्रगति भने सन्तोषजनक छैन’, उनले भने । 

आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्टट्रयाक सडकले जोड्ने गरी यो सडक बिस्तारको काम सुरू भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले ८ चैत २०७५ बुटवलको राजमार्ग चौराहामा सडक बिस्तारको शिलान्यास गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा