२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको नयाँ भेरीएन्ट ‘ओमिक्रोन’ LIVE: ३८ देशमा संक्रमित, हालसम्म कतिको मृत्यु ?

२०७८, १८ मंसिर शनिबार १०:२०

मङ्सिर १८, काठमाडौँ | कोरोनाको नयाँ भेरिएन्ट 'ओमिक्रोन' कति खतरनाक भन्ने कुरा जान्न अझै केहि दिन लाग्ने भएको छ । यसको फैलावट जति धेरै छ त्यसको तुलनामा हालसम्म खतराको संकेत भने त्यति छैन । 

केहि दिनको अन्तरमै बिभिन्न ३८ देशमा फैलिसेकेको यो भेरिएन्टको कारण हालसम्म कसैको मृत्यु भएको छैन । यो रिपोर्ट विश्व स्वास्थ्य संगठन (WHO) को हो । बिज्ञहरुको अनुसार ओमिक्रोन कति संक्रामक छ र यसले कति गम्भीर रूपमा मानिसलाई बिरामी बनाउँछ साथै खोप लगाएकाहरुलाई यसको असर कस्तो हुन्छ, भन्ने कुरा पत्ता लाग्न अझै केहि साताको समय लाग्न सक्नेछ ।

क्यानडामा ओमिक्रोन भेरिएंटबाट संक्रमित १५ जना भेटिएको छ । क्यानडाको स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ कि देशमा फेरी संक्रमण बढ्न सक्छ । यस्तो अवस्थामा खोप क्याम्पियन तिब्र गतिमा बढाउनु जरूरी छ । साथै ५० बर्षबढीका उमेर भएकाहरुलाई बूस्टर डोज लगाउन सल्लाह दिईएको छ । क्यानडा सरकारले अर्को देशबाट आउने यात्रीहरुलाई एयरपोर्टमा कोरोना परीक्षण गर्न अनिवार्य गरेको छ । साथै दक्षिण अफ्रीका सहित १० अफ्रीकी देशलाई आवतजावतमा रोक लगाएको छ ।


दक्षिण अफ्रीकामा बच्चाहरुमा तीब्र गतिमा बढ्दैछ कोरोना संक्रमण

दक्षिण अफ्रीकामा बच्चाहरुमा कोविड-१९ को संक्रमण निकै तीब्र गतिमा बढिरहेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयको तर्फबाट बताईए अनुसार कोरोनाको तेश्रो लहरको दौरान यो निकै चिन्ताको विषय बनेको छ । ५ बर्षभन्दा कम उमेरका धेरै बच्चाहरु संक्रमित भईरहेका छन् । दक्षिण अफ्रीकामा ६० बर्ष बढीका मानिस सबैभन्दा बढी संक्रमित छन् । त्यसपछि सबैभन्दा बढी संक्रमित हुने उमेर समूह ५ बर्ष मुनिका रहेका छन् । कोरोना संक्रमणको पहिलो र दोश्रो लहरमा यस्तो देखिएको थिएन ।

भारतमा तेश्रो व्यक्तिमा भेटियो 'ओमिक्रोन'

छिमेकि मुलुक भारतमा कर्नाटक पछि अब गुजरातमा पनि कोरोनाको नयाँ भेरीएन्ट 'ओमिक्रोन'को संक्रमित भेटिएका छन् । 'ओमिक्रोन' बाट संक्रमित व्यक्ति हालै जिम्बाब्वेबाट फर्किएका थिए । एयरपोर्टमा कोरोना परीक्षण गराउने क्रममा उनि कोरोना पोजेटिभ देखिएका थिए । संक्रमित  भेटिएपछि थप परीक्षण गराउने क्रममा उनमा नयाँ भेरीएन्टबाट संक्रमित पाइएको हो । यो सहित भारतमा नयाँ भेरिएन्टबाट संक्रमित तेश्रो व्यक्ति भेटिएको भारतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते