कसैलाई पेट घटाउने चिन्ता हुन्छ भने कसैलाई पेट बढाउने ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कसैलाई पेट घटाउने चिन्ता हुन्छ भने कसैलाई पेट बढाउने । 
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

पेट घटाउन सुत्नुअघि तपाईले अपनाउनैपर्ने पाँच तरिकाहरु यस्ता छन् !

४ भाद्र २०७३, शनिबार ०८:४६

कसैलाई पेट घटाउने चिन्ता हुन्छ भने कसैलाई पेट बढाउने । तर पेट बढाउनुभन्दा स्वस्थ्यको लागि घटाउनु नै उपयुक्त मानिन्छ । ठुलो पेटले विभिन्न किसमका रोगहरुलाई संरक्षण मात्र हैन रोग फैलाउने काम पनि गर्छ 

 त्यसैले ठूलो पेटलाई घटनाउन सुत्नुभन्दा अघि तपाईले यी पाँच तरिका अपनाउनुभयो भने तपाईंलाई केही राहत अनुभूति हुनेछ ।

१- तनाव नियन्त्रण

तनावले मानिसलाई रोगी बनाइरहेको हुन्छ । त्यसैले दिनभर तपाईं तनावपूर्ण काम गर्नुहुन्छ भने पनि बेलुका सुत्नेबेला आफूलाई सहज बनाएर शान्त भएर सुन्तुहोस् । जसले तपाईंको मोटोपनालाई नियन्त्रण गर्नेछ ।

मोटोपना अव्यवस्थित खानपिन तथा शारिरीक कसरतको अभावमा बढ्ने भएकाले तपाईले खानपिनलाई व्यवस्थित बनाउनु आवश्यक छ भने स्वस्थ रहन शारिरीक कसरतको पनि आवश्यकता छ । 

२- खाना अघि सुप खाने

हामीले बिहान र बेलुका खाना (दाल, भात, तरकारी) खाने गरेका छौं । खाना सकेसम्म हलुका खालको खाने र खानुभन्दा अघि दाल वा कुनै सुप खाने गर्नुभयो भने पेट घटाउन मद्दत पुग्नेछ ।

३- सुत्नुभन्दा दुई घण्टा अघि खाना खानुहोस्

ढिलो खाना खाने तथा खाना खाएलगत्तै सुत्ने दैनिकीले हाम्रो पेट बढाइरहेको हुन्छ । त्यसैले सुत्नभन्दा दुई घण्टा अघि खाना खाएमा मोटाउनेक्रम धेरै कम हुन्छ । सम्भव भए खाना खाएर केही समय हिड्नु अझै लाभदायक हुनेछ ।

४- खुर्सानी खानुहोस्

खुर्सानीले शरीरमा भएको बोसो कम गराउने भएकाले साँझको खानामा खुर्सानी खानु पेट घटाउनका लागि लाभदाय मानिन्छ । त्यसैले बेलुकाको खाना खाँदा सकेसम्म पीरो खुर्सानी खाने बानी गर्नुहोला ।

५- ग्रीन टी पिउनुहोस्

धेरै ग्रीन टी पिउनु स्वास्थ्यका लागि राम्रो मानिँदैन । यद्यपी बेलुका खानापछि एक गिलास ग्रीन टी पिउनुभयो भने त्यसमा भएको मोटोपन घटाउने तत्वले तपाई सुतेको अवधिभर काम गर्ने भएकाले पेट घटाउन सहयोग पुग्छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य