पढ्न करिब 1 मिनेट लाग्छ

मंसिर २२, काठमाडौं, एजेन्सी | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक अधिकारीले हाल विश्वमा प्रयोगमा आएका कोरोना भ्याक्सिन नयाँ संस्करण ‘ओमिक्रोन’सँग लड्न सक्षम रहेको बताएका छन् । दक्षिण अफ्रिकाको प्रयोगशालामा परीक्षणपछि फाइजरको भ्याक्सिनले ओमिक्रोनमा आंशिक प्रभाव मात्रै देखाएको थियो।

तर डब्लुएचओका डाक्टर माइक रायनले ओमिक्रोन भेरियन्टमा खोपको प्रभाव बाँकी भेरियन्टको भन्दा कम हुने कुनै संकेत नरहेको बताए।

डा. रायनले एएफपी समाचार संस्थालाई भने, ‘हामीसँग धेरै प्रभावकारी खोपहरू छन् जुन अहिलेसम्म गम्भीर बनाउने र अस्पतालमा भर्ना गराउने सबै प्रकारका भेरियन्टविरुद्ध प्रभावकारी सावित भएका छन्। ति खोपको प्रभाव ओमिक्रोनमा कम हुनेछ भनेर चिन्ता लिनुपर्ने कुनै कारण छैन।’

‘प्रारम्भिक तथ्याङ्कअनुसार ओमिक्रोनले डेल्टा र अन्य भेरियन्टभन्दा कम मानिसहरूलाई संक्रमित गरेको देखाएको छ। यसले के देखाउँछ भने यो भेरियन्टले कम गम्भीर अवस्थामा पुर्याउँछ।’,उनले भने।

भर्खरैमात्र दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले फाइजर/बायोएनटेक भ्याक्सिन अन्य भेरियन्टको तुलनामा ओमिक्रोनमा ४० प्रतिशत कम प्रभावकारी भएको देखाएको थियो। तर, भाइरोलोजिस्ट प्रोफेसर एलेक्स सिगल, जो अनुसन्धानको हिस्सा थिए, उनले भ्याक्सिनद्वारा निर्मित एन्टिबडीबाट ओमिक्रोन जोगिनसक्ने क्षमता ‘अपूर्ण’ रहेको बताएका छन् । उनले १२ संक्रमितको रगत परीक्षण गर्दा आफूले आशा गरेभन्दा पनि राम्रो नतिजा पाएको बताए।