२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुम्रपानमाथि व्यापक कडाइ ! अब चुरोट किन्‍नै नपाउने !

२०७८, २३ मंसिर बिहीबार ०९:४५

मंसिर २३, काठमाडौं | धुम्रपान निर्मूल पार्ने राष्ट्रिय लक्ष्य हासिलका लागि आगामी पुस्तालाई चुरोट एवं सूर्तीजन्य पदार्थ बिक्रीमाथि न्यूजिल्याण्डले प्रतिबन्ध लगाउने भएको छ । बिहीबार न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयले धुम्रपानमाथि व्यापक कडाइ गर्ने घोषणा गरेको हो।

सोही घोषणाअन्तर्गत एक कानुन ल्याएर नयाँ पुस्तालाई चुरोट एवं सूर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाउन लागेको बीबीसीले जनाएको छ ।आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको एक कानुन अनुसार सन् २००८ पछि जन्मेका व्यक्तिले चुरोट वा सूर्तीजन्य पदार्थ किन्न सक्ने छैनन्। बिहीबारको घोषणामा सूर्तीजन्य पदार्थ नियन्त्रणका विभिन्न उपाय उल्लेख गरिएको छ ।

यसअन्तर्गत चुरोट बिक्री हुने स्थानको संख्या व्यापक घटाइने छ । चुरोट बिक्री हुने हालका ८ हजार स्थानलाई घटाएर ५ सय मा झारिने अधिकारीहरूले बताएका छन् । त्यस्तै सुपरमार्केट र कर्नर स्टोरमा चुरोट राख्न पाइने छैन।

स्वास्थ्य मन्त्री डा. आयशा भेरालले भनिन्, ‘युवापुस्ताले कहिल्यै धुम्रपान सुरु नगरुन् भनेर सुनिश्चित गर्न चाहन्छौं’। न्यूजिल्याण्डका चिकित्सक र स्वास्थ्य विज्ञले सूर्तीजन्य पदार्थसम्मको पहुँच सीमित पार्ने र चुरोटमा निकोटिन बन्देज गर्ने सरकारी कदमको स्वागत गरेका छन् ।

‘यसले मानिसलाई चुरोट छोड्न वा कम हानिकारक पदार्थ सेवन गर्न सघाउने छ’, ओटागो विश्वविद्यालयकी प्राध्यापक ज्यानेट हूकले बताइन्, ‘त्यस्तै, युवा पुस्ता निकोटिनको लतमा फँस्ने संभावना पनि कम हुन्छ ।’

न्यूजिल्याण्डले सन् २०२५ सम्म राष्ट्रिय धुम्रपान दरलाई ५ प्रतिशतमा घटाउने र अन्तत: निर्मूल पार्ने लक्ष्य राखेको छ । हाल त्यहाँका १३ प्रतिशत वयस्कले धुम्रपान गर्छन् । जुन दर एक दशकअघि १८ प्रतिशत थियो । स्वास्थ्य मन्त्रालयका अनुसार २५ प्रतिशत क्यान्सर धुम्रपानका कारण हुने र धुम्रपान नै मृत्युको एउटा मुख्य कारण बन्दै आएको छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने