Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ऋण र बचत गर्नु मात्रै सहकारी हैन

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रभात सुवेदी/भदौ ४, बर्दिया । वर्तमान अवस्थामा सहकारीको कार्य भनेको ऋण लगानी तथा बचत मात्रै गर्नु नभएको आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
रातोतारा कृषक बहुमुखी सहकारी संस्था लिमिटेडगुलरियाको आठौं वार्षिक साधारण सभा तथा चुनावी अधिवेशन कार्यक्रममा सहभागीहरुले उक्त कुरामा जोड दिँदै सहकारीको लगानी उत्पादनमूलक हुनुपर्ने र संबद्ध सदस्यहरुलाई समेत आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।
सभाको समुद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि  निमित्त डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्ण प्रसाद भट्टराईले सहकारीको उत्तरोत्तर प्रगतिको कामना साथ आगामी दिनमा आफ्ना कार्यक्रमहरुलाई पूर्ण रुपमा उपभोक्तामुखी बनाउनुपर्नेमा जोड दिनुभयो । साथै सहकारी समाजमा नै सञ्चालन गरिने भएकोले यसले सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।
सभामा अध्यक्ष, कोषाध्यक्ष, सचिवबाट प्रस्तुत गरिएका प्रतिवेदनहरु पारित गरिएका थिए । यसैगरी लेखा समितिको प्रतिवेदन समेत सर्वसम्मतबाट पारित गरिएको थियो ।
कार्यक्रममा रातोतारा कृषक सहकारीले आ.व. २०७२/०७३ मा कूल ४ करोड २३ लाख ८१ हजार ५ सय ९९ रुपैँया ३४ पैसा कारोबार गरेको विवरण प्रस्तुत गरिएको थियो । भने आ.व. २०७३/०७४ का लागि अनुमानित आय व्यय ६ करोड ८ लाख ८३ हजार ७ सय २० रुपैँया ७५ पैसा प्रस्तुत गरिएको थियो ।
सभाले निम बहादुर थापाको अध्यक्षतामा आगामी ३ वर्षे कार्यकालको लागि निर्विरोध रुपमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सरस्वती पोखरेल, सचिव यज्ञ बहादुर हमाल, कोषाध्यक्ष विष्णुमाया सिग्देल रहनुभएको छ ।
यस्तै सदस्यहरुमा प्रेमप्रसाद अधिकारी, दुर्गा पौडेल, विवेक जैशी, मीरा के.सी. र कुमार पुरी निर्वाचित हुनुभएको छ । यसैगरी लेखा समतिको संयोजकमा मेघराज सिग्देल तथा सदस्यहरुमा नारायणप्रसाद पौडेल र अमित के.सी. रहनुभएको छ ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन मण्डलको संयोजक यादव आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।