2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा सडक महोत्सव पुस १५ देखि १७

मङ्सिर २६, काठमाडौँ | अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो ।  रेवानका अध्यक्ष लक्षमण बरालले भने “कोरोनाको मारमा परेको पर्यटनलाई चलायमान बनाउन  र पोखरालाई नयाँ वर्षको गन्तव्यस्थलका रूपमा सडक महोत्सवको आयोजना गर्दै आएका छौँ, यस वर्ष पनि महोत्सवले आन्तरिक पर्यटक पोखरा आउने विश्वास लिएका छौँ ।”   

दुई दशकभन्दा बढी समयदेखि पोखराको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुर्‍याउँदै आएको सडक महोत्सवले विभिन्न राजनीतिक अस्थिरता, ७२ सालकोे भूकम्प, नाकाबन्दीजस्ता समस्याका बाबजुद पनि ‘सडमै खाऊँ सडकमै रमाऊँ’भन्दै  २३आँै संस्करणको तयारीमा जुटेको महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए । उनले गत वर्ष कोभिड–१९ को महामारीमा पनि स्वास्थ्य सतर्कतासहित महोत्सव आयोजना गरेको जनाउँदै अहिले कोरोनाको त्रास कम हुँदै गएको र अधिकांशले खोपसमेत लगाएकाले महोत्सव अझ सफल हुने विश्वास व्यक्त गरे ।                                                  

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्दै गएको र सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमन पनि बढ्दै जाने विश्वास व्यक्त गर्दै उनले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश पनि महोत्सवबाट जाने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल