२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि मेयरमा उठ्ने संकेत

२७ मंसिर २०७८, सोमबार ०४:२६

मङ्सिर २७, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गरेका छन् । २७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा लड्ने बताएका हुन् । 

सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिने क्रममा मेयर शाक्यले भने– ‘साढे ४ वर्षे कार्यकालमा मैले गरेका कामहरू पूरा गर्न बाँकी रहेको महसुस गरी पार्टीले पुनः मेयरमा उठ भन्न सक्ला त्यसलाई नकार्ने कुरा हुँदैन । मैले एकल निर्णय गर्दिनँ, पार्टीले दिएको जिम्मेवारी पूरा गर्नेछु ।’ नेपाल कम्युनिस्ट पार्टी एमालेबाट मेयर बनेका शाक्य हाल एमालेको केन्द्रीय सदस्य हुन् ।


शाक्यले महानगरको विकासलाई सफल बनाउन प्रदेश र संघ सरकारबीच राम्रो समन्वयको आवश्यक्ता औंल्याए । विकास निर्माणमा समन्वय नभएको गुनासो गर्दै उनले भने– ‘उचित समन्वय नभएका कारण एउटै विकास योजनामा करोडौं रुपियाँ खर्च भएको छ, त्यसलाई व्यवस्थित गर्न संघीय सरकारको मुख्य भूमिका रहन्छ ।’ उनले महानगरपालिकाभित्र सबै काम सबैको सहमतिमै भइरहेको दाबी गर्दै पार्टीले यसको राम्रो मूल्यांकन गरिरहेको विश्वास व्यक्त गरे ।

उनले महानगरपालिकाले १९६ किलोमिटर सडक कालोपत्रे, १४ किलोमिटर सडक ढलान र १० किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिए । त्यस्तै, उनले आफ्नो कार्यकालमा ४८९ किलोमिटर सडकमा ढुंगा छाप्ने काम सम्पन्न भएको, २२६ किलोमिटर सडक मर्मत र १८ किलोमिटर ढल निर्माण गरिएको जानकारी पनि दिए । उनले आफ्नो कार्यकालमा वडा नं ३, ४, ९, १४, १८ र २६ मा गरी ६ वटा नयाँ वडा कार्यालयको निर्माण सम्पन्न भएको, १० वटा वडा कार्यालय निर्माणाधीन अवस्थामा रहेको, आठवटा वडाहरूको स्तरोन्नति गरिएको पनि जानकारी दिए । 

- यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो