२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो ! उच्च जोखिम कायमै !

२९ मंसिर २०७८, बुधबार ११:१२

एजेन्सी | संयुक्त राज्य अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या मंगलबार ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकरीहरुले पनि स्पष्ट गरेका छन्। मंगलबार यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख २६६ पुगेको सो विश्वविद्यालयको तथ्यांकमा बताइएको छ।

यसरी अमेरिका यो संक्रमणबाट सबैभन्दा बढी ज्यान जाने देशमा पर्दछ। विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिका छ भने अमेरिकाभित्र भने क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित हो। क्यालिफोर्निया अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य हो र यहाँका ७५ हजार ४५५ जनाको यो संक्रमणबाट ज्यान गएको पनि सो समाचारमा जनाइएको छ।

त्यसपछि सबैभन्दा बढी प्रभावित टेक्सास ७४ हजार भन्दा बढीको ज्यान गएको छ। त्यसपछि बढी प्रभावित राज्यमा फ्लोरिडा पर्दछ। यहाँका ६२ हजारभन्दा बढीको ज्यान गएको छ। त्यसैगरी न्युयोर्कमा भने ५८ हजार जना भन्दा बढीको ज्यान गएको समाचारमा जनाइएको छ। प्राप्त समाचारमा विश्वमा यस संक्रमणबाट भएको मृत्युको १५ प्रतिशत अमेरिकामा मात्र रहेको बताइएको छ। त्यसैगरी विश्वका संक्रमितहरुको १८ प्रतिशत यहाँ संक्रमित रहेका पनि बताइएको छ।

त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोडभन्दा पनि भन्दा बढी पुगेको सो तथ्यांकमा जनाइएको छ। अमेरिकामा गएको करिब दुई महिनायता कोभिड संक्रमण घट्ने क्रममा रहेकामा पछिल्ला दुई हप्तामा दैनिक संक्रमितको संख्या बढ्न थालेको देखिन्छ। अमेरिकामा खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा संक्रमित बढ्न थालेका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

अधिकारीहरुले अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्न थालेको जनाएका छन्। नोभेम्बरको अन्त्यमा अस्पताल भर्ना हुने कोभिड संक्रमितको संख्या २० प्रतिशतले बढेको बताइएको छ। अमेरिकामा डेल्टा भेरियन्ट नै सबैभन्दा बढी मात्रामा संक्रमणको प्रमुख कारण बनिरहेको अधिकारीहरूले बताएका छन्। उता यहाँ नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम पनि जारी रहेको छ।

यहाँ पनि प्रत्येक दिन नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितहरु थपिँदै गएका छन्। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यहाँका संक्रमितहरुमध्ये ९९ प्रतिशत डेल्टा भेरियन्टका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य