Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर २९ गते, अपराह्न ४:५७ बजे काठमाडौँ - KTM, स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो ! उच्च जोखिम कायमै !

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | संयुक्त राज्य अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या मंगलबार ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकरीहरुले पनि स्पष्ट गरेका छन्। मंगलबार यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख २६६ पुगेको सो विश्वविद्यालयको तथ्यांकमा बताइएको छ।

यसरी अमेरिका यो संक्रमणबाट सबैभन्दा बढी ज्यान जाने देशमा पर्दछ। विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिका छ भने अमेरिकाभित्र भने क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित हो। क्यालिफोर्निया अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य हो र यहाँका ७५ हजार ४५५ जनाको यो संक्रमणबाट ज्यान गएको पनि सो समाचारमा जनाइएको छ।

त्यसपछि सबैभन्दा बढी प्रभावित टेक्सास ७४ हजार भन्दा बढीको ज्यान गएको छ। त्यसपछि बढी प्रभावित राज्यमा फ्लोरिडा पर्दछ। यहाँका ६२ हजारभन्दा बढीको ज्यान गएको छ। त्यसैगरी न्युयोर्कमा भने ५८ हजार जना भन्दा बढीको ज्यान गएको समाचारमा जनाइएको छ। प्राप्त समाचारमा विश्वमा यस संक्रमणबाट भएको मृत्युको १५ प्रतिशत अमेरिकामा मात्र रहेको बताइएको छ। त्यसैगरी विश्वका संक्रमितहरुको १८ प्रतिशत यहाँ संक्रमित रहेका पनि बताइएको छ।

त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोडभन्दा पनि भन्दा बढी पुगेको सो तथ्यांकमा जनाइएको छ। अमेरिकामा गएको करिब दुई महिनायता कोभिड संक्रमण घट्ने क्रममा रहेकामा पछिल्ला दुई हप्तामा दैनिक संक्रमितको संख्या बढ्न थालेको देखिन्छ। अमेरिकामा खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा संक्रमित बढ्न थालेका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

अधिकारीहरुले अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्न थालेको जनाएका छन्। नोभेम्बरको अन्त्यमा अस्पताल भर्ना हुने कोभिड संक्रमितको संख्या २० प्रतिशतले बढेको बताइएको छ। अमेरिकामा डेल्टा भेरियन्ट नै सबैभन्दा बढी मात्रामा संक्रमणको प्रमुख कारण बनिरहेको अधिकारीहरूले बताएका छन्। उता यहाँ नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम पनि जारी रहेको छ।

यहाँ पनि प्रत्येक दिन नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितहरु थपिँदै गएका छन्। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यहाँका संक्रमितहरुमध्ये ९९ प्रतिशत डेल्टा भेरियन्टका छन्।