२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पद थपेर आफू निकटका प्रहरी अधिकारीलाई एआईजी बनाउन चलखेल

२०७८, १ पुष बिहीबार ०३:१२

पुस १, काठमाडौँ | प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अहिले दरबन्दी रिक्त छैन। तर, यो पदमा राजनीतिक दलको आँखा परेको छ। आफ्ना निकटलाई उक्त पदमा नियुक्त गर्न चलखेल भइरहेको छ। सत्ताधारी गठबन्धनले थप पद सिर्जना गरी आफू निकटका प्रहरी अधिकारीलाई एआईजी बनाउन लागेको प्रहरी स्रोतकै दाबी छ। 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) समेत गरी ७९ हजार ५ सय ३८ जनाको दरबन्दी रहेको छ। जसमध्ये प्राविधिकतर्फका दुई जना, प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहित विभिन्न पदका ३ हजार ६ सय ३८ जनाको दरबन्दी रिक्त छ। एआईजी पदमा दरबन्दी रिक्त छैन। तर, एआईजीको दरबन्दी थप्ने चर्चाले प्रहरी भित्रै तरंग पैदा गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाकै अगाडीको प्रधानमन्त्रीत्व कार्यकालमा प्रहरीमा एआईजीको दरबन्दी थप गरेर १६ सम्म पुर्याइएको इतिहास छ। त्यो थप दरबन्दीलाई केपीशर्मा ओली नेत्तृत्वको सरकारले खारेज गरेर चार जनामा झारेको थियो। तथापी केपी ओलीको सरकारले पनि व्यक्ति विशेषका लागि सरकारको ठाडो आदेशमा गत मंसिर र असारमा गरी दुई दरबन्दी थप गरी आफ्नालाई पदोन्नति गराउनमा चुकेन। 

समान्यतयाः प्रहरी प्रधान कार्यालयले संगठन तथा व्यवस्थापन सर्भे अर्थात ‘ओ एन्ड एम’ गरेर मात्रै दरबन्दी थपघट गर्नुपर्ने हुन्छ। पछिल्लो समय सरकार परिवर्तन हुनासाथ आफ्नो अनुकूलतामा पर्ने गरी सरकारले प्रहरीको दरबन्दी घटाउने र बढाउने गर्दै आएको देखिन्छ। आफूलाई मनपर्ने व्यक्ति विशेषका लागि दरबन्दी थप्ने÷घटाउने प्रचलन बढ्दै गएको छ। नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्तमल्ल ठकुरी सरकारले मनलाग्दी तवरले दरबन्दी घटाउने र बढाउने गर्दा प्रहरी संगठनभित्र अस्वस्थ प्रतिस्पर्धा बढ्ने बताउँछन्। दरबन्दी थप्नका लागि निश्चित मापदण्ड पूरा गरेर मात्रै प्रस्ताव अघि बढाउनुपर्ने उनको तर्क छ। ‘निश्चित जिम्मेवारी र दायित्व बोकेर स्थापना भएको संस्थामा दलीय स्वार्थकै लागी आफू अनुकूलका दरबन्दी थप गरिन्छ। आफ्नालाई काखमा राख्ने कार्यले संगठनभित्र राम्रो काम गर्नेभन्दा पनि शक्ति केन्द्र धाउनेले स्थान पाएका छन्,’ उनले भने। यसले कार्यकुशलता देखाउने र क्षमता भएका प्रहरी अधिकारीहरूमा हत्तोत्साही हुने र मनोवल घट्ने जस्ता समस्याहरू देखापर्ने ठकुरी बताउँछन्। 

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस