२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि सीसीटीभीबाट फोहोर फाल्नेको निगरानी !

२०७८, २ पुष शुक्रबार ०४:५५

पुस २, काठमाडौँ | बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो। यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन।

बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलले १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन गरिएको भए पनि फोहोर थपिएको थपिएकै जिकिर गरे।

यसरी नदी सफाइ गर्ने क्रम जारी रहने र फोहोर नदीमा फाल्ने समस्या निराकरण नहुने भएकाले फोहोर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीटीभी जडान गरिने भएको छ। काठमाडौँ उपत्यकाका सबै नदीमा सीसीटीभीबाट निगरानी गरिने योजना भए पनि पहिलो चरणमा बागमती पुलमा जडान गरिने छ।

पहिलो चरणमा गोकर्णदेखि टेकुसम्म झोलुङ्गे पुलसहित पक्की पुल ११ वटा र अन्य थुप्रै पैदल यात्रुका लागि मात्र बनाइएका फलामे पुललाई लक्षित गरिएको छ। स्थानीय तह र प्रहरीसँगको समन्वयमा यो कार्य अघि बढाउने गरी अहिले अध्ययन सुरु भएको बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालले बताए। भविष्यमा बल्खु, कर्मनासा, विष्णुमती, रुद्रमती (धोबी खोला), महादेव खोला धादिङ, गोदावरी, हनुमन्ते र मनोहरामा पनि यो कार्य अघि बढ्ने उनले बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा