पढ्न करिब 1 मिनेट लाग्छ

पुस ३, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पराजित भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीमाथि राजीनामा दिन दबाब परेको छ। महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि डा.मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएपछि कर्णालीका मुख्यमन्त्री शाहीमाथि दबाब परेको हो।

शाहीले पनि डा.रिजालले जसरी नैतिकता प्रदर्शन गर्छन् कि गर्दैनन् ? भनेर प्रश्न उठेको छ। आफूभन्दा कनिष्ठ वरियताबाट हारेपछि शाहीले राजीनामा दिनुपर्ने दबाब आएको हो। तर,मुख्यमन्त्री शाही भने राजीनामा दिने मूडमा छैनन्।

शाहीले शनिबार बिहान एक सूचना जारी गर्दै कसम खाँदै आफूप्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने बताएका छन्। शाहीले भनेका छन्,‛ तपाईहरुको म प्रतिको माया,स्नेह,साथ सहयोग,समर्थन र शुभेच्छाको म सदैव ऋणी रहिरहनेछु र तपाईहरुको म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबूटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकमता होइन।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्राप्त जनमतबाट मलाई सुदृण र संगठित कांग्रेस निर्माणको यात्रामा थप उर्जा र हौसला प्रदान भएको छ। कांग्रेसलाई गतिशील बनाउन म झन् सक्रिय रही रहनेछु। आगामी दिनमा विचलित भनई भूमिकामा देश, पार्टी र जनताको पक्षमा लागी रहने प्रण गर्दछु।’