२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्रीबाट राजीनामा दिन शाहीमाथि नैतिक दवाव

३ पुष २०७८, शनिबार ०४:५७

पुस ३, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पराजित भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीमाथि राजीनामा दिन दबाब परेको छ। महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि डा.मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएपछि कर्णालीका मुख्यमन्त्री शाहीमाथि दबाब परेको हो।

शाहीले पनि डा.रिजालले जसरी नैतिकता प्रदर्शन गर्छन् कि गर्दैनन् ? भनेर प्रश्न उठेको छ। आफूभन्दा कनिष्ठ वरियताबाट हारेपछि शाहीले राजीनामा दिनुपर्ने दबाब आएको हो। तर,मुख्यमन्त्री शाही भने राजीनामा दिने मूडमा छैनन्।

शाहीले शनिबार बिहान एक सूचना जारी गर्दै कसम खाँदै आफूप्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने बताएका छन्। शाहीले भनेका छन्,‛ तपाईहरुको म प्रतिको माया,स्नेह,साथ सहयोग,समर्थन र शुभेच्छाको म सदैव ऋणी रहिरहनेछु र तपाईहरुको म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबूटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकमता होइन।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्राप्त जनमतबाट मलाई सुदृण र संगठित कांग्रेस निर्माणको यात्रामा थप उर्जा र हौसला प्रदान भएको छ। कांग्रेसलाई गतिशील बनाउन म झन् सक्रिय रही रहनेछु। आगामी दिनमा विचलित भनई भूमिकामा देश, पार्टी र जनताको पक्षमा लागी रहने प्रण गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह