२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाबाट एकैदिन ९३ हजार बढी संक्रमित !

३ पुष २०७८, शनिबार ०८:१४

एजेन्सी | बेलायतमा एकै दिन कोरोनाभाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन्। यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन्।

यहाँ शुक्रबार मात्र ९३ हजार ४५ सङ्क्रमित भेटिएका छन्। यहाँ कोरोनाभाइरस सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका हुन्। यसअघि बिहीबार पनि यहाँ ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका थिए। यसरी यहाँ महामारीको प्रकोप बढेको यो तेस्रो दिन हो।

गत बुधबार यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङक्रमणको पुष्टि भएको थियो। कोभिड महामारी सुरु भएयता एकैदिन यहाँ बढी मात्रामा सङ्क्रमित देखिएका हुन्। यो क्रम शुक्रबार पनि बढेपछि बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी सङक्रमितहरु भेटिने क्रम बढेको पाइएको हो।

यहाँ केही समययता हरेक दिन कोभिड–१९ का सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ। साथै यहाँ कोभिडको घातक मानिएको ओमिक्रोन पनि बढ्दो देखिएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले ओमिक्रोनको सङ्क्रमण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन्। यहाँ शुक्रबार ३ हजार २०१ जनामा ओमिक्रोनको घातक संक्रमण फैलिएको देखिएको अधिकरीहरुले जनाएका छन्। योसमेत गरी यहाँ ओमिक्रोनका अहिलेसम्म १४ हजार जनाभन्दा बढीमा संक्रमण पाइएको बताइएको छ।

बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन भइरहेका समयमा यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको जनाएको थियो। त्यसपछि सबैभन्दा बढी शुक्रबार देखिएका बताइएको छ। यहाँ अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन्। त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य