भदौ ५, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडास्थित राना टोलमा दुई बालबालिको रहस्यमय मृत्यु भएको छ । 

इलाका प्रशासन कार्यालय बेल्डाँडीका अनुसार स्थानीय रामलाल चौधरीका चार वर्षीय छोरा दिपेश र सात वर्षीया छोरी जस्मीनको शव मृत अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ५, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडास्थित राना टोलमा दुई बालबालिको रहस्यमय मृत्यु भएको छ । 

इलाका प्रशासन कार्यालय बेल्डाँडीका अनुसार स्थानीय रामलाल चौधरीका चार वर्षीय छोरा दिपेश र सात वर्षीया छोरी जस्मीनको शव मृत अ"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दुई बालबालिकाको रहस्यमय मृत्यु

५ भाद्र २०७३, आईतवार १३:१२

भदौ ५, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडास्थित राना टोलमा दुई बालबालिको रहस्यमय मृत्यु भएको छ । 

इलाका प्रशासन कार्यालय बेल्डाँडीका अनुसार स्थानीय रामलाल चौधरीका चार वर्षीय छोरा दिपेश र सात वर्षीया छोरी जस्मीनको शव मृत अवस्थामा उखुबारीमा भेटिएको हो भने छोराछोरीलाई विद्यालय पु¥याउन हिँडेकी रामलालकी २४ वर्षीया श्रीमती बस्नती नजिकैको उखुबारीमा बेहोस अवस्थामा भेटिएकी छिन् । 

विद्यालय छुट्टी भइसकेपछि पनि श्रीमती र बालबालिका घर नफर्केपछि रामलाल उनीहरुको खोजीमा निस्किएका थिए । विद्यालयमा शिक्षकले बालबालिका उपस्थित नभएको बताएपछि खोजी गर्ने क्रममा श्रीमती, छोरा र छोरी उखुबारीमा भेटिएको प्रहरीले जनाएको छ । बेल्डाँडी प्रहरीका अनुसार रामलालका छोरा मृत तथा श्रीमती र छोरी बेहोस अवस्थामा फेला परेका थिए । 

छोरी जस्मीनको उपचारका क्रममा स्थानीय कलकत्ता स्वास्थ्य चौकीमा मृत्यु भएको बताइएको छ भने श्रीमती बसन्तीको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उखुबारीमा विषादीको बोतल भेटिएकाले घटना थप रहस्यमय बनेको प्रहरीले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य