2026-09-19 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढ्न थाल्यो शीतलहर !

पुस ७, काठमाडौँ | चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले चिसोसँगै शीतलहर बढ्दै जाने बताए। अहिले बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी समस्या बढ्दैछ। पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन। त्यसले पनि सुक्खा चिसोलाई बढाएको छ।

शीतलहरबाट स्थानीय जनजीवनमा परेको असर कम गर्न सरकारले शीतलहरविरुद्धको प्रतिकार्य योजना कार्यान्वयनका लागि सिफारिस गरेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य योजना प्रदेश, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि सिफारिस गरेको हो।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले शीतलहर चलेका स्थानमा राहत तथा उद्धार गर्नेबारे मापदण्ड बनाएर काम गरिने बताए। प्राधिकरण आफैँले पनि शीतलहरका बेला सचेतनामूलक कार्यक्रम तथा रेडियो कार्यक्रम सञ्चालन गरिरहेको छ। शीतलहरबाट स्थानीय समुदायलाई जोगाउनका लागि दाउरा तथा न्यानो कपडा वितरण गर्ने तयारी थालिएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो