२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्र कर्णालीले छान्यो ८८ प्रतिनिधि

७ पुष २०७८, बुधबार ०६:१२

पुस ७, काठमाडौँ | नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि छनोट भएका छन्। जिल्लागत रूपमा पार्टी सदस्यका आधारमा राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गरिएको हो। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि राजधानीमा सुरु हुँदैछ।

कर्णालीका दश जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि ८८ जना छनोट भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारीले जानकारी दिए। उनले यो संख्या जिल्लागत रूपमा पार्टी सदस्यता संख्या र संघीय संसदको निर्वाचन क्षेत्रका आधारमा छनोट गरिएको बताए।

माओवादी केन्द्रको परिपत्रअनुसार एक हजार पाँच सय सदस्यता बराबर एक जना प्रतिनिधि र संघीय संसदको निर्वाचन क्षेत्रको प्रतिनिर्वाचन क्षेत्र दुई जना प्रतिनिधि छनोट गरिएको उनले बताए। उनका अनुसार कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिमबाट १५ जना छनोट भएका छन्।

डोल्पाबाट सबैभन्दा कम तीन जना मात्रै छनोट भएका छन्। त्यस्तै सुर्खेत र जाजरकोटबाट १०-१० जना, मुगुबाट पाँच जना, सल्यान र कालिकोटबाट ११-११ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन्। दैलेख, जुम्ला र हुम्लाबाट ७-७ जना राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट भएको केन्द्रीय सदस्य भण्डारीले जानकारी दिए।

‘दशै जिल्लाबाट सर्वसम्मत राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन भएका हुन्,’ उनले भने, ‘उहाँहरू सबै मंसिर २५ देखि २८ गतेसम्म भएको प्रथम प्रदेश अधिवेशनबाट छनोट भएका हुन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ