१ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउन वार्ता टोली गठन

७ पुष २०७८, बुधबार ०६:२४

पुस ७, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ को नामकरण र राजधानीका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गर्न टोली गठन गरेको छ। लोसपाले सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको हो।

उक्त टोलीले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोक्न सहमतिका लागि दलसँग छलफल गर्ने भएको हो। जनता समाजवादी पार्टीले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाममा सहमति जुटाउन विभिन्न राजनीतिक दलसँग संवाद थालेकै दिन मंगलबार लोसपाले पनि वार्ता समिति गठन गरेको हो। लोसपाको वार्ता टोली सदस्यमा प्रदेशसभा सदस्य परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रह्लाद गिरीलाई राखिएको छ।

पार्टीको निर्णयबमोजिम प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि प्रदेशसभाभित्र रहेका दलसँग छलफल र सहमतिका लागि वार्ता टोली गठन गरेको लोसपा प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले जानकारी दिए। भोलि बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नामकरण र राजधानी तोक्ने प्रस्ताव प्रस्तुत हुने तयारी भइरहेका बेला प्रदेश सरकारको नेतृत्वकर्ता दल जसपा र लोसपाले दलीय सहमति जुटाउने कसरत शुरु गरेका हुन्।

जसपाका प्रदेशसभा सदस्यले सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेतालाई भेटेर सहमतिको प्रस्ताव गरेको जसपाका प्रदेशसभा सदस्य मनिषकुमार सुमनले जानकारी दिए। जसपाले पनि प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव गरेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री ‘डोरी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने हो : प्रचण्ड सरकारले मनपरी रुपमा कर लिएको भन्दै प्रदर्शन नीजि क्षेत्रसँग मिलेर काम नगरे अर्थतन्त्रमा सुधार आउँदैन : मन्त्री सिंह ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु मंसिर २७ देखि उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी सम्बन्धी सम्मेलन मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ? रबिनको ‘तिमी हिँड्ने बाटो’ मा बिना राउत जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन ‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’ डिजेल र मट्टितेलको भाउ बढ्यो पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो कति छ आज तरकारी र फलफूलको मूल्य ? रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनलमा