२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात दशकअघि बन्द फलामखानी सञ्चालन गर्न माग

६ भाद्र २०७३, सोमबार ०३:५१

भदौ ६, पर्वत । झन्डै सात दशक अघि बन्द भएको मुलुककै ठूलो फलामखानी पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।

२००७ सालमा तत्कालीन सरकारले बन्द गराएको भङ्गरा गाविसमा फैलिएको फलामखानी शीघ्र सञ्चालन गर्न माग गरिएको हो । रोजगारीको अभावमा जीविकोपार्जनमा समस्या भएको भन्दै स्थानीयबासिन्दाले माग गरेका हुन् । उक्त फलामखानीको उत्खननप्रति निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पनि चाँसो देखाएपछि स्थानीय उत्साहित भएका थिए ।

धुवा“कोटे फलामका नाममा लोकप्रिय खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र नेपाल पर्वत खनिज उद्योग प्रालि लुम्बिनी नवलपरासीबीच २०६७ पुस ८ सम्झौता भएको भनिए पनि अझै काम सुरु हुन सकेको छैन ।

विभागले दैनिक ११० टन फलाम उत्खनन गर्ने स्वीकृति प्रदान गरिसकेको थियो । सम्झौताअनुसार २० वर्षको अवधिमा ८० लाख तीन हजार टन फलाम उत्खनन गर्ने लक्ष्य लिएको भए पनि अझै काम सुरु गर्न सकेको छैन ।

यो ठाउँमा फलामका धाउ भेटिएको र कम्पनीले छिट्टै नै उत्खनन क्षेत्रलाई रेखाङ्कन गरी उत्खनन कार्य सुरु गर्ने जानकारी तत्कालीन अवस्थामा जिल्ला प्रशासनलाई पनि जानकारी गराएको थियो ।

स्थानीय दमाहा सामुदायिक वन र धाउखानी सामुदायिक वनमा फैलिएको उक्त खानी सञ्चालनका लागि कम्पनीले स्थानीय प्रशासनसमक्ष समेत स्वीकृति लिइसकेको थियो । अहिले कुनै पनि कम्पनी उत्खनन गर्न भन्दै जिल्ला शासनमा नआएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवीन ढकालले जानकारी दिनुभयो ।

तत्कालीन समयमा खानीबाट निकालेको फलामको धाउ पगाल्न वरपरका आधा दर्जन गाविसको हजारौँ हेक्टर जङ्गल सखाप बनेपछि सरकारले खानी बन्द गराएको स्थानीयको भनाइ छ । छिमेकी गाविस लुङ्खु पाखापानी, फलामखानी, ठानामौला, भङ्गारालगायतका गाविसमा रहेको जङ्गल फाडिएपछि इन्धनको अभावका कारण बन्द गरिएको स्थानीय शिक्षक गोविन्द विश्वकर्माले बताउनुभयो ।

उक्त गाविसमा अहिले विद्युतीकरण भएकाले थोरै लगानीमा इन्धन उपलब्ध हुने भएकाले उत्खनन कार्य सुरु गर्न स्थानीयबासिन्दाले माग गरेको विश्वकर्माको भनाइ छ ।

फलामखानीको १ देखि ७ वडा नम्बरसम्मका दलित परिवार फलामखानीमा काम गर्दै आएका थिए । फलामखानी सञ्चालन हु“दा गाउ“का सबै बासिन्दाले रोजगारी पाएको शिक्षक विश्वकर्माले बताउनुभयो ।

यो खानीबाट निस्कने फलाम स्वदेश तथा विदेशमा अझैसम्म परिचित छ । फलाम निकाल्ने काम बन्द भएपछि खानीमा आश्रित स्थानीय २०० घरधुरीले अहिले ज्याला मजदुरी गर्दै आएका छन् । फलामखानी गाविसको १, २, ३, ४, ५, ६ र ७ नं वडामा बस्ने सबै विश्वकर्मा परिवार फलाम निकाल्ने काममै लागेको स्थानीयवासी हीरालाल विश्वकर्माले बताउनुभयो ।

गाउँमा कच्ची मोटरबाटो पुगिसकेकाले पनि कोइलाको व्यवस्था गरेर पनि खानी सञ्चालनमा ल्याउनुपर्ने माग स्थानीयको छ । खानी सञ्चालनमा आएका बेला फलाम निकालेका धाउ र किटका थुप्रा अहिले पनि उक्त ठाउँमा प्रसस्तै देखिन्छन । भने धाउ रहेका ठूला ढुङ्गा पनि देख्न सकिन्छ । खानीबाट फलाम निकाल्ने पेसामा लागेका ८४ वर्षीय चन्द्रबहादुर विक भन्नुहुन्छ– “बासँगै फलाम निकाल्ने र पगाल्ने काम गर्थे, प्युठानसम्म जान्थ्येँ फेरि सञ्चालन भए हाम्रा सन्ततिले रोजगारी पाउने थिए ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली