२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आफ्ना दुई छोराछोरीको हत्या गरेकी महिलाको मृत्यु

६ भाद्र २०७३, सोमबार ०३:५६

भदौ ६, भीमदत्तनगर । आफ्ना दुई छोराछोरीलाई विष सेवन गराएर हत्या गरेकी कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

श्रीमान् रामलाल चौधरीसँगको सामान्य घरायसी विवादका कारण ४ वर्षीय छोरा दीपेश र ७ वर्षीया छोरी जस्मीनलाई उखुबारीमा लगेर हत्या गरेकी बसन्तीले आफूले पनि विष सेवन गरेकी थिइन ।

प्रहरीको सहयोगमा स्थानीयले बसन्तीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पु¥याएका थिए । तर उनको आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

छोराछोरीलाई आइतबार बिहान स्कूल पु¥याउन हिँडेकी बसन्तीले श्रीमान्सँगको विवादकै कारण उखुबारीमा गएर सो घटना घटाएको प्रहरीले जनाएको छ । स्कूल बिदा भइसक्दा पनि छोराछोरी घर नआएपछि गाउँमै रहेको स्कूल पुगेका रामलाललाई शिक्षकले स्कूलमा हाजिर नभएको जानकारी गराएका थिए । उखुबारीमा जस्मीन छट्पटाइरहेको अन्य स्कूले विद्यार्थीले देखेपछि तत्काल गाउँले उखुबारीमा पुगेका थिए । प्रहरीका अनुसार दीपेशको उखुबारीमै मृत्यु भइसकेको थियो भने जस्मीनको स्थानीय कलकत्ता स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले परिवारका तीनै जनाको मृत्यु भएपछि रामलाल चौधरी पनि बेहोस भएका छन् । उनको महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ । प्रहरीका अनुसार आइतबार उपचारका क्रममा रहेकी बसन्तीले श्रीमान्सँगको विवादको झोकमा आफूले घटना घटाएको बयान दिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य