2026-06-17 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस सभापति देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली

पुस ८, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली देखिएका छन् । २४ देखि २८ मंसिरसम्म काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमार्फत् १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९६ पदको नतिजा आइसकेको छ । ९६ जनाको नतिजा प्राप्त हुँदा सभापति देउवा समूहतर्फबाट ७६ जना नयाँ कार्यसमितिका लागि निर्वाचित भएका हुन् ।

यसैगरी, सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालाको समूहबाट १६ जना निर्वाचित भएका छन् भने प्रकाशमान सिंह समूहबाट दुई जना निर्वाचितबन्दा एक जना साझा उम्मेदवार निर्वाचित भएका छन् ।

इतर तितरबितर हुँदा संस्थापनलाई नाफा

कांग्रेसको केन्द्रीय निर्वाचन समितिअनुसार अब ३८ पदको परिणाम आउन बाँकी छ । सभापति देउवा समूहबाट सभापति, एक उपसभापति र ६ जना सहमहामन्त्री गरी पदाधिकारीतर्फ मात्रै आठ जना निर्वाचित भएका छन् । पदाधिकारीतर्फ एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री गरी चार जना कोइराला समूहबाट निर्वाचित बन्दा एक जना महामन्त्री सिंह समूहबाट निर्वाचित बनेका हुन् । सिंह समूहबाट केन्द्रीय सदस्यमासमेत राजेन्द्रकुमार केसी एक जना विजयी भएका छन् ।

यसैगरी, केन्द्रीय सदस्यतर्फ खुला ३५ मध्ये २५ जना देउवा समूहबाट निर्वाचित बन्दा नौ जना कोइराला समूहबाट र एक जना तटस्थ उम्मेदवार निर्वाचित बने । डा. शशांक कोइराला साझा उम्मेदवारका रूपमा सबै समूहमा परेका थिए ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार बुधबार राति अबेरसम्म दलित, खस–आर्य, आदिवासी जनजातितर्फका केन्द्रीय सदस्यको पनि परिणाम आउने सम्भावना छ ।

कुल १ सय ६७ सदस्यीय हुने केन्द्रीय समितिमा ३३ जना भने सभापतिले मनोनीत गर्नेछन् । 

- यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ