Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बुस्टर डोज खोप: नेपाल WHO को पर्खाईमा, कहिलेदेखि पाइन्छ बुस्टर डोज ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ८, काठमाडौँ | नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले सरकार बुस्टर डोजका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

बुस्टर डोज सुरु गर्दा पहिलो चरणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वृद्धवृद्धा, बालबालिका हुँदै विस्तारै सबै नागरिकलाई लगाइने उनले जानकारी दिए । सरकारले खोप लगाएदेखि अहिलेसम्म दुई करोड २२ लाख २८ हजार १७७ मात्रा खोप लगाइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले लक्षित समूहका ५० प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएपछि बुस्टर डोज खोप लगाउन सिफारिस गरेको छ ।

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।