३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका र इयुद्वारा लिथुआनिया विरुद्ध चीनको जबरजस्तीको बारेमा चासो

८ पुष २०७८, बिहीबार ०६:३७

पुस ८, वासिङ्टन [अमेरिका] (रासस-एएनआई) | अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनिया विरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबको बारेमा साझा चिन्ता व्यक्त गर्नु भएको छ ।

विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले ब्लिन्केन र बोरेलले चीनको जबरजस्ती व्यवहारको सामना गर्दै लिथुआनियासँग इयू र अमेरिकाको निरन्तर ऐक्यबद्धतालाई जोड दिएको जनाउँनु भएको छ ।  सो अवसरमा ब्लिन्केन र बोरेलले संयुक्त राज्य अमेरिका-ईयु साझेदारीलाई सुदृढ गर्न र साझा चुनौतीहरूको सामना गर्न सँगै काम गर्ने आफ्नो निरन्तर प्रतिबद्धता पुष्टि गर्नुभएको छ।

"उहाँहरूले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्न समन्वयात्मक कार्यको आवश्यकतामा जोड दिदै युक्रेन विरुद्ध कुनै पनि रूसी सैन्य आक्रमण गरेमा रूसी संघको लागि ठूलो मूल्य चुकाउँनु पर्नेमा जोड दिइएको छ ।  

लिथुआनियाको विरूद्ध जनवादी गणतन्त्र चीनका कदमले अमेरिका र युरोपेली कम्पनीहरूलाई असर गरिरहेको छ। "उहाँहरूले चीनको जबरजस्ती व्यवहारको सामना गर्दै लिथुआनियासँग निरन्तर ऐक्यबद्धतालाई जोड दिदै आर्थिक पक्षलाई बलियो बनाउन सँगै काम गर्न पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।" प्रवक्ताले भन्नुभयो ।

लिथुआनिया र चीन बीचको विवाद यस वर्षको शुरुमा लिथुआनिया पूर्वी युरोपको "१७+१" ब्लकबाट बाहिरिएपछि भएको हो । त्यसपछि लिथुआनियाले ताइवानसँग कूटनीतिक सम्बन्ध बढाएको थियो र  ताइवानको प्रतिनिधि कार्यालयलाई अनुमति दिने एक मात्र युरोपेली देश बन्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’