२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच महिनामा ८ खर्ब ३८ अर्ब बाहिरियो

९ पुष २०७८, शुक्रबार ०३:१९

पुस ९, काठमाडौँ | चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महिनामा सामान आयातका लागि नेपालबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा भएको गत आव २०७७/७८ को तुलनामा ५९ दशमलव ५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले आयातका लागि ५ खर्ब २५ अर्ब  ४९ करोड रुपैयाँ खर्च गरेको थियो ।

पेट्रोलियम पदार्थ आयातमा धेरै रकम खर्च भएको देखिन्छ । त्यसपछि सवारीसाधन तथा पार्टपुर्जा, मेशिनरी तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, टेलिकम्युनिकेशन सामग्री, औषधि, कच्चा पाम तेल, एमएस बिलेट, सुन र चाँदीका लागि ठूलो रकम बाहिरिएको छ ।

यस अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भटमास र पामतेल मात्र ५७ अर्ब ९८ करोड रुपैयाँको निर्यात भएको छ । गतवर्षको तुलनामा निर्यात १ सय ५ दशमलव ६१ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । गत आवको सोही अवधिमा नेपालबाट ५० अर्ब ५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

बाहिरी मुलुकबाट कच्चा सोयाबिन र पाम तेल ल्याएर नेपालमा प्रशोधन गरी बाहिरिने गरेको छ । यसले गर्दा निर्यातको वृद्धिदर उच्च देखिएको भए पनि यसले व्यापारघाटामा भने योगदान गरेको देखिँदैन । आयात र निर्यातको सन्तुलन मिल्न नसक्दा ५ महिनामा व्यापारघाटा पनि उत्तिकै बढेको छ ।  चालू आवको  ५ महिनामा नेपालको कुल वैदेशिक व्यापारघाटा ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँको छ । यो गत आवको तुलनामा ५४ दशमलव ७० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापारघाटा  ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो । चालू आवको ५ महिनाको तथ्यांक हेर्दा प्रतिदिन २ अर्बभन्दा बढी व्यापारघाटा हुने गरेको छ ।

नेपालमा सबैभन्दा बढी आयात भारतबाट हुने गरेको छ । भारतसँग मात्रै ५ महिनामा ४ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपालले भारतमा ८४ अर्बको वस्तु निर्यात गर्दा त्यहाँबाट मात्रै रू. ५ खर्बको वस्तु आयात गरेको छ । पूर्वसचिव चन्द्र घिमिरेका अनुसार कमजोर उत्पादनस्तरमा सुधार गर्दै प्रतिस्पर्धात्मक, तुलनात्मक लाभ र विधि किसिमका वस्तुहरूको उत्पादनमा बढोत्तरी ध्यान दिन नसक्दा व्यापारमा सन्तुलन आउन सकेको छैन । यस्तो खालको उत्पादनमा ध्यान दिने हो भने एकातर्फ आयात प्रतिस्थापन गर्ने र अर्कोतर्फ निर्यात वृद्धि गर्न सकिन्छ । 

- यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य