सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको गढवामा गोली हानेर दुई जनाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार रात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको गढवामा गोली हानेर दुई जनाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार रात"/>
2026-09-19 03:16 PM
काठमाडौँ - KTM

गोली हानेर २ जनाको हत्या गर्ने पुन कोइलावास जंगलबाट पक्राउ

सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको गढवामा गोली हानेर दुई जनाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार राती साढे १० बजे भरुवा बन्दुकले प्रहार गरेको गोली लागेर गढवा गाबिस ५ खबरीमा दुई जनाको मृत्यु भएको थियो ।

खबरीका ४५ बर्षिय कर्णबहादुर पुनले सोही ठाउँ बस्ने ३२ बर्षिय कालु रोका र ३५ बर्षिय राज रोकालाई गोली हानेर हत्या गरेका थिए । तीजको नाँच हेरेर फर्कन लागेको रोका द्धयलाई पुनले मोटरसाईक स्टार्ट गरेर अघि बढ्नै लाग्दा पछिबाट गोली प्रहार भएको थियो । 

मोटरसाईकको पछाडी बसेका कालु रोकाको गर्धनमा लागेको गोलीले मोटरसाईकल चलाएका राजुलाई पनि लागेको थियो । गोली लागेर गम्भिर घाईते भएका उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा कालुको बाटो मै र राजुको कोहोलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी प्रमुख एसपी सिंहले बताए । घटना स्थलबाट भरुवा बन्दुक एक थान बरामद भएको छ । 

घटना पछि भागेका पुनलाई खोजविन गर्ने क्रलममा कोईलासको जंगलमा फेला पारेका हुन् । प्रहरी र स्थानियले खोज्ने क्रममा घटना भएको २ घण्टा मै राती साढे १२ बजे जंगलबाट पुनलाई पक्राउ गरिएको सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह