१ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै समाचार संस्थाका ६ जना पक्राउ

१४ पुष २०७८, बुधबार ०८:५५

काठमाडौँ | प्रहरीले एउटा स्वतन्त्र समाचार वेबसाइटका ६ जनालाई पक्राउ गरेको छ । हङकङमा ‘देशद्रोही प्रकाशनहरू प्रकाशित गर्ने षड्यन्त्र’ गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हो ।

स्ट्यान्ड न्युजका वर्तमान र पूर्वकर्मचारीहरू दुवै निसानामा थिए । स्ट्यान्ड न्युजको कार्यालयमा छापा मार्न २०० भन्दा बढी प्रहरी अधिकारीहरू परिचालन गरिएको थियो । खोजीकार्य अझै जारी छ ।

‘पत्रकारिताका सामग्रीहरू खोज्न र जफत गर्न’ आफूहरूलाई अधिकार दिइएको एक विज्ञप्तिमा प्रहरीले जनाएको छ । स्ट्यान्ड न्युजका वर्तमान र पूर्वप्रधानसम्पादक पक्राउ परेका छन् । साथै, पूर्वबोर्ड सदस्य रहेका प्रजातन्त्रको आइकन बनेका पपस्टार डेनिस हो पनि पक्राउ परेका छन् । उनले सोही आरोपमा आफूलाई पक्राउ गरी वेस्टर्न डिस्ट्रिक्ट पुलिस स्टेसनमा लगिएको फेसबुक पोस्टमा पुष्टि गरेकी छन् ।

पक्राउ पर्नेमा ३४ र ७३ वर्षबीचका तीन पुरुष र तीन महिला छन् । स्ट्यान्ड न्युजको फेसबुक पेजमा पोस्ट गरिएको फुटेजमा बुधबार बिहान सबेरै डेपुटी असाइनमेन्ट डाइरेक्टर रोन्सन चानको ढोकामा धेरै प्रहरी अधिकारीहरू देखिएको छ । चान पक्राउ परेनन्, तर उनलाई प्रहरीले सोधपुछका लागि लगेको थियो ।

यस वर्षको सुरुमा सयौँ प्रहरीले अहिले बन्द भएको हङकङ र चिनियाँ नेतृत्वको मुखर आलोचकका रूपमा चिनिने एप्पल डेलीको परिसरमा छापा मारेका थिए । यसको सम्पत्ति रोक्का गरिएको थियो, कार्यकारीहरूलाई हिरासतमा राखिएको थियो । र, त्यो पत्रिका चाँडै बन्द भयो ।

एप्पल डेली बन्द भएपछि त्यहाँ स्ट्यान्ड न्युज नै खुला रूपमा प्रजातन्त्रलाई समर्थन गर्ने समाचार संस्थाको रूपमा रहेको थियो । हङकङ जर्नलिस्ट एसोसिएसनले बुधबारको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै ‘द बेसिक ल’ अनुसार प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

ब्रिटेनले चीनलाई हङकङ फिर्ता गर्ने बेलामा कार्यान्वयनमा आएको ‘द बेसिक ल’ले सभा–सम्मेलन गर्न पाउने स्वतन्त्रता, वाक् स्वतन्त्रतालगायत अधिकारको संरक्षण गर्छ । हङकङका अधिकारीहरूले राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि भिन्न मत हुनेविरुद्ध कडा कारबाही गरिरहेका छन् । सो विवादास्पद कानुनले राष्ट्रत्याग, विद्रोह र विदेशी सेनासँगको मिलेमोतोलाई अपराधको रूपमा लिन्छ र अधिकतम आजीवन कारावासको सजाय दिन्छ ।

यो कानुनले हङकङको न्यायिक स्वायत्ततालाई प्रभावकारी रूपमा घटाएको र प्रदर्शनकारी र अभियन्ताहरूलाई सजाय दिन सजिलो बनाएको आलोचकहरू बताउँछन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर हस्तकलाका सामानहरु उत्पादन गर्न बनेको विधेयक कार्यान्यनका लागि जोड दिइरहेका छौं: सभापति श्रेष्ठ शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : पहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादप्रति आक्रोश छ : प्रचण्ड निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल अर्याल एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने, सिद्धार्थ बैंक टाइटल स्पोन्सर आफ्नै पार्टीका मन्त्री तामाङ विरुद्द महामन्त्री शर्माले उठाए प्रश्न अजरवैजानमा आवश्यक भन्दा बढी कर्मचारी पठाएकोमा प्रधानमन्त्रीको आपत्ति रविलाई ल्याउँदा कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु : अध्यक्ष प्रचण्ड मंसिर ७ गते काठमाडौंमा एमालेको जनजागरण सभा शंखरापुरमा सवारी दुर्घटना: झाँक्री प्रकाश भुजेलको लाइसेन्स भेटियो विश्वकपमा पुगेको यू–१९ महिला टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजको संयुक्त १० लाख पुरस्कार अधिकांश बैंकले घटाए ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज? महानायक भनेर सम्बोधन गरे फेसबुकमा ब्लक गर्ने दीपकराज गिरीको चेतावनी नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं रविलाई जहाजमार्फत पूनः पोखरा ल्याइदै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन