2026-09-12 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैकल्पिक सडक सञ्चालन

पुस १४, काठमाडौँ | रासस | म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक सञ्चालन भएको छ । जोखिमयुक्त बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय,  स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरि गाउँपालिकाले मङ्गलबारदेखि दरबाङ–धारापानी–ताकमहँुदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारी आवतजावत बन्द गरेका छन् । 

सडक निर्माणलाई सहज बनाउन बादिकामा बन्द गरिए पनि आवतजावतलाई सुरक्षित र नियमत बनाउन दरबाङ–खारा–भारबाङ–ताकम–मुना बैकल्पिक सडक सञ्चालन गरिएको गाउँपालिकाका इञ्जिनीयर सोबिन जिसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाउँपालिकाका र निर्माण कम्पनीले भरबाङस्थित म्याग्दी खोलामा सात वटा ह्युम पाइप राखेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाएका छन् । झारवाङ घाटमा पूर्वाधार विकास कार्यालयले पक्की पुल पनि निर्माण गरिरहेको छ । 

विसं २०७५ मा मार्ग खोलिए पनि दरबाङ–बिम–ताकम–मुना सडकमापर्ने म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन् । बर्खा अघिनै म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सकेर सडक सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग २०७६ चैत ४ गते रु १४ करोड ३८ लाख ६७ हजार १७६ मा ठेक्का सम्झौता गरेको धुलिखेल–ब्राइट–कुवर जेभीले बादिकाको उकालोमा वैकल्पिक सडक निर्माण गरिरहेको छ । 

यसअघि मार्ग खोल्न बनाइएको सडक धेरै उकालो र ग्रेड नमिलेकाले जोखिमयुक्त भएको हुँदा दुई वटा घुम्ती थपेर करिब ४०० मिटर नयाँ मार्ग निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो । आगामी चैत ४ गतेसम्म ठेक्का अवधि भएको आयोजना अन्तर्गत सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ती सुधार र पर्खाल निर्माण भइरहेको छ । दरवाङको म्याग्दी खोला मोटरेबल पुलदेखि दङखोलासम्मको खण्डमा विस्तार र पर्खालको काम सकेर नाली बनाइरहेको छ । 

दरबाङदेखि धारापानी गाउँसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो । दरवाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले (क) वर्गमा राखेको छ । सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा अनुसार यो आयोजना सञ्चालन भएको हो ।

पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको धारापानी सम्मको सडक स्तरोन्नतिको हालसम्मको प्रगति ३६ प्रतिशत छ । स्तरोन्नति गरेर सडकलाई ८ मिटर फराकिलो बनाइने भएको छ । ग्राबेल गरिने सडकको ग्रेड र घुम्ती मिलाउनुका साथै ग्याबिन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान गर्ने लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन