Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १५, काठमाडौँ | </b>गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।<br></p><p>समुद्र सतहदेखि तीन हजार ४०० मिटरको&nbsp; उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै&nbsp; पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुुभयो । बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उहाँले बताउनुभयो । हिमपातले पाथीभरा जाने पदर्माग पुरिएसँगै पदर्माग खुलाउन समस्या भएको छ ।&nbsp;</p><p>पाथीभरा मन्दिरमा पूजापाठ गर्न आज मात्रै दुई&nbsp; तीर्थयात्रीले दुई सहयोगी लिएर गएका छन् । मङ्गलबार&nbsp; हिमपातकैबीच ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पूजापाठ गरेको समितिले जनाएको छ । मौसम खुल्न&nbsp; सकेको छैन । हिमपातसँगै अत्यधिक जाडो बढेको छ । आज ताप्लेजुङको तापक्रम न्यूनतम २ डिग्री सेल्सियस रहेको छ ।&nbsp;</p>