२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई वर्षदेखि स्वास्थ्यकर्मी छैनन्, बन्दीलाई समस्या

२०७८, १५ पुष बिहीबार ११:३१

पुस १५, काठमाडौँ | रासस | दमौली कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले समस्या भोगिरहेका छन् । यहाँका हेल्थ असिस्टेन्ट सक्षम घिमिरे विसं २०७६ असोज २३ गते सरुवा भएर गएदेखि अर्को स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन् । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या हुने गरेका छन् । 

कर्मचारी समायोजन पश्चात् घिमिरे जिल्लाको म्याग्दे गाउँपालिकामा सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन बन्न पुगेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताउनुभयो । सामान्य रोगको उपचारका लागि पनि बाह्य अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

उहाँले कैदीबन्दी अस्वथ्य हुँदा बाहिर गएर स्वास्थ्य परीक्षण गराउन गाह्रो मान्ने गरेको बताउनुभयो । कैदीबन्दीको स्वास्थ्यपरीक्षण गराउन लैजाँदा हत्कडी लगाएर हिँडाएर लैजानुपर्ने अवस्था रहेकाले चिनेजानेका, आफन्तजन, साथीभाइ भेट हुने हुँदा अप्ठ्यारो मान्ने गरेको उहाँले जानकारी दिनुभयो । “गाडीमा लैजाउ भने सुविधा छैन्, हिँडाएरै लैजानुपर्छ”, उहाँले भन्नुभयो, “कारागारमै स्वास्थ्यकर्मी हुँदा कैदीबन्दीलाई पनि सहज र कारागार व्यवस्थापनलाई पनि सहज हुन्थ्यो ।” जटिल प्रकृतिका बाहेक अन्य बिरामीको स्वास्थ्यकर्मीले कारागारमा स्वास्थ्यपरीक्षण गरी औषधि दिने व्यवस्था रहेपनि अहिले स–साना रोगका लागि पनि बाहिर लैजानुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । 

सो कारागारमा हाल १८ सुरक्षाकर्मी राखिएको बताइएको छ । दमौली कारागारमा हाल कैदी १४४ र थुनुवा ११४ गरी २५८ जना रहेको कारागार प्रशासनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी