2026-10-30 05:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमपात : लेकलेकमा पुगे पर्यटक, खुसी भए किसान

पुस १६, काठमाडौँ | रासस | गत बुधबार भएको हिमपात होटल तथा पर्यटन व्यवसायी र किसानका लागि वरदान सावित भएको छ ।म्याग्दीका प्रायः सबै पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएपछि हिउँमा रमाउनका लागि ती स्थानमा आन्तरिक पर्यटकको भीड लागेको छ । लामो समयपछि चिसो मौसममा हिउँसँग रमाउन आएका पर्यटक देख्दा होटल व्यवसायी दङ्ग छन् । जिल्लाका पर्यटकीय क्षेत्र टोड्के, घोडेपानी, गाजने, मालिकाको धुरी, मुनालगायतका ठाउँमा भएको हिमपातमा रमाउन आन्तरिक पर्यटक ती ठाउँमा पुगेका हुन् । पर्यटक पुगेपछि ती क्षेत्रको व्यापार व्यवसाय बढेको छ । व्यवसायी हर्षित भएका छन् । अहिले टोड्के, घोडेपानी, राम्चे, करवाकेलीलगायतका क्षेत्र हिउँले सेताम्मै भएका छन् । अझै दुई÷तीन दिनसम्म ती क्षेत्रमा हिउँ रहिरहने र पर्यटक आउने भएकाले स्थानीय व्यापारी खुसी भएका हुन् । गत मङ्सिर १० गते पनि ती क्षेत्रमा हल्का हिमपात भएको थियो । हिमपातले केही दिन त पर्यटक आएका थिए तर हिउँ निख्रदै गएपछि पर्यटक आगमन पनि घटेको स्थानीय व्यापारी तीर्थ पाइजाले बताउनुभयो ।

“हिमपातसँगै जाडो भए पनि हिमपातको दृश्य हेर्न पर्यटक आएका छन्, अब भने व्यवसायले लय लिन्छ कि जस्तो छ”, होटल व्यवसायी जानुका गुरुङले भन्नुभयो, “हिउँ पर्दा हिउँमा रमाउन आउने युवायुवतीबाट राम्रो व्यापार हुन्छ, त्यसैले हामीलाई त कहिले हिउँ पर्लाजस्तो लाग्छ ।” उत्तरी र पश्चिमी म्याग्दीका विभिन्न ठाउँमा बुधबार र बिहीबार हिउँ खेल्दै रमाउनेको बाक्लो भीड लागेको स्थानीयवासीले बताएका छन्् । त्यसैगरी टोड्केमा बिहीबार एकैदिन १०० भन्दा बढी आन्तरिक पर्यटक हिउँ खेलेर रमाउन पुगेका थिए ।

हिमपातका कारण होटल व्यवसायीसँगै किसान पनि खुसी भएका छन् । हिउँ परेपछि अन्न उत्पादनमा वृद्धि हुनुका साथै घाँस उत्पादनमा पनि वृद्धि हुने भएपछि पशुपालन व्यवसाय पनि फष्टाउने किसान बताउँछन् । उच्च क्षेत्रमा कम पानी पर्ने र परेको पानी तत्काल बगेर जाने भएकाले सिँचाइ राम्रो नहुने उनीहरु भनाइ  छ ।

हिउँ पग्लन धेरै समय लाग्ने भएकाले बोट बिरुवाको गहिराइसम्म सिँचाइ हुँदा अन्नबालीको उत्पादनमा वृद्धि हुने रुमका किसान इन्द्रबहादुर विकले बताउनुभयो । हिउँ परेपछि फुस्रा डाँडामा घाँस उम्रिने गर्छ र चौपायलाई सहज हुने गर्छ त्यसैले पनि किसान हिउँ परेपछि खुसी भएको उहाँको भनाइ छ । पश्चिम बङ्गालको खाडी, अरब सागर र स्थानीय जलवाष्पसहित वायु नेपाल प्रवेश गरेपछि लामो समयसम्म रहँदा न्यूनतम तापक्रममा वृद्धि भई हिउँ पर्ने गर्दछ । लामो समयसम्म चिसो कायमै रहनु र यी जलवाष्पसहितको वायु निरन्तर नेपाल प्रवेश गर्दा तल्लो क्षेत्रसम्म हिउँ पर्ने गरेको मौसम पुर्वनुमान महाशाखाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल