२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला अभियान

२०७८, १६ पुष शुक्रबार ०७:११

पुस १६, काठमाडौँ | रासस | चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला सञ्चालनको अभियान सुरु गरेको छ । नगरपालिका–८स्थित सुडालको स्वास्थ्यचौकीमा पहिलो आधारभूत प्रयोगशाला शुभारम्भका क्रममा  यो अभियान सुरु भएको जानकारी दिइएको हो । 

नगरप्रमुख सोमप्रसाद मिश्रले विगतमा पिछडिएको सुडालमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै विकासका लहर फैलिएको बताउनुभयो । उहाँले १० वटै वडाको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरिनाका साथै सबै वडाका स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना अभियान सुरुआत गरिएको र  सुडाल स्वास्थ्यचौकीमा पनि प्रयोगशाला सञ्चालनमा आएसँगै स्वास्थ्यचौकी मिनी अस्पतालको रुपमा परिणत भएको बताउनुभयो । 

नगर प्रमुख मिश्रले भन्नुभयो, “हामी जनप्रतिनिधि भएर आएपछि जनताको इच्छा, चाहना र आवश्यकतालाई बुझ्दै अगाडि बढ्याँै, यहाँको भौतिक विकास मात्रै नभई शैक्षिक, स्वास्थ्य र रोजगारीका क्षेत्रमा देशभरिका पालिकामध्ये नमूनाको काम गरेका छौँ, स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनासँगै त्यहाँ एउटा मिनी अस्पताल निर्माण भएको छ ।”

वडाध्यक्ष परासर सापकोटाले स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना गर्ने नगरपालिकाको अभियानमा सुडाल स्वास्थ्यचौकी पहिलो भएको चर्चा गर्नुभयो । आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाले विनियोजन गरेको रकमबाट ल्याब सञ्चालनमा ल्याइएको बताउँदै उहाँले  स्वास्थ्यचौकीलाई गुणस्तरीय बनाउन प्रयोगशालाले थप टेवा पु¥याउने बताउनुभयो ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले अव स्वास्थ्यचौकीमा मधुमेह, युरिक एसिड, युरिया, क्रेटिनेन, बिल रूविन (जन्डिस), टोटल प्रोटिन, एल्बोमिन, टिजी, कोलेस्ट्रोल, हेमोग्लोबिन, आरए फ्याक्टर, सिआरपी टोटल काउन्ट, आरबिसी, इएसआर, युरिन, दिशा खकार जाँचटाइफाइड र एचआइभीको परीक्षण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने