२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वादी बालबालिका पढाइबाट वञ्चित !

२०७८, १७ पुष शनिबार ०६:५४

पुस १७, काठमाडौँ | सुर्खेतको एक छात्रवासमा बस्दै आएका वादी समुदायका बालबालिका पढाइबाट वञ्चित भएका छन् । वादी सरोकार मञ्चले सञ्चालन गरेको छात्रवासमा बसिरहेका १२० मध्ये ७६ जना बालबालिका विद्यालय भर्ना हुन सकेका छैनन् । तीमध्ये ४१ छात्रा र ३५ छात्र छन् । 

छात्रवासका सञ्चालक हिक्मत वादीले खर्च अभावका कारण विद्यालय पठाउन नसकिएको बताउनुभयो । “सरकारले सर्वसुलभ र निःशुल्क शिक्षा भने पनि यहाँ सरकारी विद्यालयमै पढ्न पाइँदैन”, उहाँले भन्नुभयो, “विभिन्न जिल्लाबाट बालबालिकालाई पढाउन भनेर यहाँ (सुर्खेत) ल्याइयो, विद्यालय पठाउन सकिएको छैन ।” 

वैशाखदेखि यता ती बालबालिका विद्यालय जान पाएका छैनन् । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट अभिभावकको संरक्षकत्व नपाएका बालबालिकालाई छात्रवासमा राखिएको छ । छात्रवासमा सबैभन्दा बढी दैलेखका छन् । दैलेख तल्लोडुङ्गेश्वरका हिक्मतले अभिभावकले पालनपोषणमा हेलचेक्रयाइँ गर्दा बालबालिकाको भविष्यमा जोखिममा पर्दै गएकाले आफूले अभिभावककै सहमतिमा सुर्खेतमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिका गाउँमा विद्यालय नजाने, सडकमा भौँतारिएर माग्दै हिँड्ने, कुलतमा फस्नुका साथै बालविवाह र बहुविवाहको समस्या बढ्दै गयो, त्यसबाट बचाउन छात्रवास सञ्चालन गरेको हुँ ।” 

छात्रवासमा रहेकामध्ये ४४ बालबालिका मात्र नियमित विद्यालय जान पाएका छन् । उनीहरूलाई काठमाडौँको ‘लभ एण्ड होप नेपाल’ नामक संस्थाले सहयोग गरेको छ । त्यस्तै, छ जनालाई प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा नवराज केसीले सहयोग गरिरहनुभएको छ । कर्णालीका अधिकांश वादी समुदायको आफ्नै जग्गा जमिन छैन । दैनिक ज्यालादारी काम खोज्दै सडक आसपासमा अस्थायी टहरा बनाएर बस्दै आएका छन् । अभिभावक दैनिक बिहानदेखि साँझसम्म ज्यालादारीको काम गर्ने हुँदा उनीहरूका बालबालिकाले पर्याप्त स्याहारसुसारबाट वञ्चित छन् । जसले गर्दा बालबालिका विभिन्न विकृतिमा फस्ने गरेको पाइएको थियो । 

वादी समुदाय गत वर्ष स्थायी बसोबास र रोजगारीको माग गर्दै सुर्खेतमा मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसेका थिए । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बालबालिकाको पढाइ र पालनपोषणका लागि सुर्खेतमा छात्रवास सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । छात्रवास सञ्चालक हिक्मतले स्थानीय र प्रदेश सरकारले अती विपन्न अल्पसङ्ख्यक वादी समुदायका मागप्रति बेवास्ता गरेको गुनासो गर्नुभयो । खाना खर्च, लत्ताकपडा र विद्यालय खर्च जुटाउन समस्या भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने