२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा सन् २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु

२०७८, १८ पुष आईतवार ०९:३४

 एजेन्सी | अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु  भएको प्रमाणित अभिलेख रहेको  संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले बताएको छ ।

‘निरपेक्षता’ र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका छन्  । बालबालिकाको सुरक्षाको लागि अब हरेक उपाय अवलम्बन गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ ।

अफगानिस्तानमा सन् २००५ यता प्रमाणित बाल हताहतको सबैभन्दा धेरै संख्या २८ हजार ५ शय भन्दा बढी रहेको छ जुन विश्वव्यापी रूपमा सबै प्रमाणित बाल हताहतहरूको संख्याको २७ प्रतिशत हो । यसैबीच, मध्य पूर्व र उत्तर अफ्रिका क्षेत्रमा सन् २००५ यता विद्यालय र अस्पतालहरूमा सबैभन्दा धेरै आक्रमणहरू भएका छन् । गत वर्षको पहिलो छ महिनामा २२ वटा त्यस्ता आक्रमणहरू प्रमाणित भएका छन्, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोरले भने, ‘वर्ष–वर्ष, द्वन्द्वरत पक्षहरूले बालबालिकाको अधिकार र कल्याणको लागि भयानक उपेक्षा प्रदर्शन गरिरहेका छन्’ । ‘बालबालिकाहरू पीडामा छन् र यो लापरवाहीका कारण केटाकेटीहरू मरिरहेका छन् । यी बालबालिकाहरूलाई हानिबाट जोगाउन हर प्रयास गर्नुपर्छ,’ फोरले  भने

युनिसेफले सन् २०२१ को तथ्याङ्क अझै उपलब्ध नभएको भए पनि सन् २०२० मा बालबालिकाविरुद्ध २६ हजार ४२५ गम्भीर मानवीय व्यवहार उल्लङ्घनका घटना संयुक्त राष्ट्रसंघले प्रमाणित गरेको जनाएको छ ।

सन् २०२१ को पहिलो तीन महिनामा प्रमाणित गम्भीर उल्लङ्घनहरूको समग्र संख्यामा थोरै कमी देखिएको थियो तथापी अपहरण र यौन हिंसाका प्रमाणित घटनाहरू अघिल्लो वर्षको पहिलो चौमासिकमा क्रमशः ५० र १० प्रतिशतले वृद्धि भएको देखिएको युनिसेफले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने