पुस १९, बलेवा । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनका लागि बागलुङका सबै वडाबाट प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९, बलेवा । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनका लागि बागलुङका सबै वडाबाट प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल प"/>
2026-09-12 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा एमाले जिल्ला अधिवेशनको तयारी

पुस १९, बलेवा । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनका लागि बागलुङका सबै वडाबाट प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको सचिव विष्णु भुसालले जानकारी दिनुभयो । 

पार्टीको जिल्ला कमिटीको बैठकले विभिन्न उपसमिति बनाएर चुनावको तयारी गरिरहेको छ । आइतबारसम्म जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट भइसकेका सचिव भुसालले बताउनुभयो ।जिल्लाका ८५ वटै वडाबाट यही पुस १६ गतेदेखि १८ गतेसम्म प्राय सहमतिमै प्रतिनिधि छनोट भएका र केही वडामा सहमतिको प्रयास जारी रहेको बताइएको छ । 

जिल्ला कमिटी बैठकले प्रत्येक ३० सङ्गठित सदस्य बराबर एक प्रतिनिधि र दलित तथा अल्पसङ्ख्यकका हकमा १० जना बराबर एक÷एक प्रतिनिधि छनोट हुने व्यवस्था गरेको थियो । तीन जना बराबर एक जना महिला अनिवार्य गरिएको थियो ।  साथै पालिका कमिटीबाट दुई÷दुई र जनसङ्गठनबाट दुई÷दुई प्रतिनिधि छनोट गर्ने व्यवस्था मिलाइएको थियो । अधिवेशनमा ६६० भन्दाबढी प्रतिनिधि सहभागी हुने भएका छन् । 

अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् । जिल्ला अध्यक्षका यसअघि पार्टीको जिल्लाको नेतृत्व सम्हालिसक्नुभएका जनकराज पौडेल, प्रदेश कमिटीको सचिवालय सदस्यसमेत रहनुभएका हिरा केसी र जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष कृष्ण पाठक हुनुहुन्छ । उपाध्यक्षमा सहकारीकर्मी रामबहादुर जिसी, बागलुङ नगरपालिका–५ मालिकाका वडाध्यक्षसमेत रहनुभएका नेता शिव सापकोटा र पश्चिम बागलुङका नेता गणेश थापा आकाङ्क्षी हुनुहुन्छ 

सचिवका लागि हालका सचिव विष्णु भुसाल र यसअघिको अधिवेशनमा उपसचिवमा पराजित हुुनुभएका युवा नेता नेत्र विष्टले आकाङ्क्षा राख्नुभएको छ । सबैभन्दा धेरै आकाङ्क्षी उपसचिवमा छन् । ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुन, बागलुङ नगरपालिका–९ का वडाध्यक्ष गाणेश थापा, गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबरबहादुर श्रीष, काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने, चित्रकला श्रीष, जिल्ला समन्वय समितिका सदस्य राजु केसी र नेता रामबहादुर जिसीले उपसचिवमा आकाङ्क्षा राख्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन