पुस १९, बलेवा । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनका लागि बागलुङका सबै वडाबाट प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९, बलेवा । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनका लागि बागलुङका सबै वडाबाट प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल प"/>
१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा एमाले जिल्ला अधिवेशनको तयारी

१९ पुष २०७८, सोमबार ०८:४३

पुस १९, बलेवा । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनका लागि बागलुङका सबै वडाबाट प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको सचिव विष्णु भुसालले जानकारी दिनुभयो । 

पार्टीको जिल्ला कमिटीको बैठकले विभिन्न उपसमिति बनाएर चुनावको तयारी गरिरहेको छ । आइतबारसम्म जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट भइसकेका सचिव भुसालले बताउनुभयो ।जिल्लाका ८५ वटै वडाबाट यही पुस १६ गतेदेखि १८ गतेसम्म प्राय सहमतिमै प्रतिनिधि छनोट भएका र केही वडामा सहमतिको प्रयास जारी रहेको बताइएको छ । 

जिल्ला कमिटी बैठकले प्रत्येक ३० सङ्गठित सदस्य बराबर एक प्रतिनिधि र दलित तथा अल्पसङ्ख्यकका हकमा १० जना बराबर एक÷एक प्रतिनिधि छनोट हुने व्यवस्था गरेको थियो । तीन जना बराबर एक जना महिला अनिवार्य गरिएको थियो ।  साथै पालिका कमिटीबाट दुई÷दुई र जनसङ्गठनबाट दुई÷दुई प्रतिनिधि छनोट गर्ने व्यवस्था मिलाइएको थियो । अधिवेशनमा ६६० भन्दाबढी प्रतिनिधि सहभागी हुने भएका छन् । 

अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् । जिल्ला अध्यक्षका यसअघि पार्टीको जिल्लाको नेतृत्व सम्हालिसक्नुभएका जनकराज पौडेल, प्रदेश कमिटीको सचिवालय सदस्यसमेत रहनुभएका हिरा केसी र जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष कृष्ण पाठक हुनुहुन्छ । उपाध्यक्षमा सहकारीकर्मी रामबहादुर जिसी, बागलुङ नगरपालिका–५ मालिकाका वडाध्यक्षसमेत रहनुभएका नेता शिव सापकोटा र पश्चिम बागलुङका नेता गणेश थापा आकाङ्क्षी हुनुहुन्छ 

सचिवका लागि हालका सचिव विष्णु भुसाल र यसअघिको अधिवेशनमा उपसचिवमा पराजित हुुनुभएका युवा नेता नेत्र विष्टले आकाङ्क्षा राख्नुभएको छ । सबैभन्दा धेरै आकाङ्क्षी उपसचिवमा छन् । ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुन, बागलुङ नगरपालिका–९ का वडाध्यक्ष गाणेश थापा, गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबरबहादुर श्रीष, काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने, चित्रकला श्रीष, जिल्ला समन्वय समितिका सदस्य राजु केसी र नेता रामबहादुर जिसीले उपसचिवमा आकाङ्क्षा राख्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार