२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा एकै दिन १० लाखभन्दा बढी कोरोना संक्रमण !

२०७८, २१ पुष बुधबार १०:३०

पुस २१, काठमाडौँ | अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका जनाएको छ।

हाल अमेरिका, युरोप, अफ्रिकाका विभिन्न मुलुकहरुका साथै छिमेकी भारतमा पनि कोरोना संक्रमणको नयाँ लहर बढ्दै गएको छ। तर विश्वका अन्य कुनै पनि देशमा एकैदिन यति धेरै संक्रमण पुष्टि भएको थिएन।

अमेरिकामा गत साताभन्दा दोब्बरले संक्रमण बढेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ। संक्रमण बढ्दो क्रममा रहे पनि राष्ट्रपति जो बाइडनले स्कुलहरु खुला राख्न निर्देशन दिएपछि उनको आलोचना भइरहेको छ।

कोरोनाको लहर बढिरहेको बेला अमेरिकी अधिकारीहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण उच्च विन्दुमा पुग्न बाँकी नै रहेको बताएका छन्।

प्रमुख स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले भनेका छन्– अमेरिकामा कोरोनाको ग्राफ तीव्ररुपमा बढिरहेको छ र महामारी उच्चविन्दुमा पुग्न अझै बाँकी छ। त्यो केही हप्तामा आउने छ।

कोरोनाको नयाँ संक्रमण तीव्र रुपमा बढे पनि अस्पताल भर्ना हुने र मृत्यु हुने दर भने अघिल्लो लहरको तुलनामा कम रहेको उनले बताएका छन्। अस्पतालमा जो भर्ना भएका छन् र जसको मृत्यु भएको छ ती कोरोनाविरुद्धको खोप नलगाएकाहरु धेरै छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो