२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप नलिएका मानिस ओमिक्रोनको जोखिममा

२२ पुष २०७८, बिहीबार ०४:१४

पुस २२, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले औंल्याएका छन्।

हाल अमेरिका, भारतलगायतका मुलुकमा तीव्र गतिमा फैलिएको ओमिक्रोनबाट नेपालमा पनि एक दर्जनजति संक्रमित भइसकेका छन्।

यस्तो अवस्थामा खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिसले ओमिक्रोनको जोखिमबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गरी सजगता अपनाउनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, अनुसन्धान विभागका संयोजक डा। शेरबहादुर पुनले बताएका छन्।

नेपालसँग सीमा जोडिएका भारतका विभिन्न राज्यमा ओमिक्रोनको संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै कोभिड अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ।

मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउने, कन्ट्याक्ट टेसिङलाई प्रभावकारी बनाउनेजस्ता काम पनि सुरु गरिसकेको जनाएको छ। सीमा नाकाहरूमा हेल्थ डेस्क स्थापना गरी परीक्षण गर्ने र निगरानी बढाउने कार्यलाई पनि निरन्तरता दिइएको जानकारी मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्रले दिइन्।

कुनै पनि महामारी भारतमा फैलिएपछि नेपालमा पनि भित्रिने विगतको अनुभवसँगै नेपालमा सम्भावित जोखिम हेरी सीमा नाकाहरूमा कोरोना परीक्षण भइरहेको प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका प्रमुख तथा भाइरोलोजिस्ट डा। श्रवणकुमार मिश्रले बताए।

उनले प्रदेश २ का सीमा नाकाबाट नमुना संकलन गरी ओमिक्रोनको जिन सिक्वेन्स गर्दा अहिलेसम्म नपाइएको बताए। प्रदेश २ मा अहिलेसम्म १९ वटा नमुनाको ‘एसजिन टार्गेट फेलियर’ को परीक्षण गरिसकिएको छ। यो क्रम निरन्तर रहेको डा। मिश्रले बताए। थप परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा समेत नमुना पठाइरहेको जानकारी उनले दिए। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य