२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालुवाटार जग्गा घोटाला काण्ड: भीआईपीलाई उन्मुक्तिको तयारी

२२ पुष २०७८, बिहीबार ०४:३७

पुस २२, काठमाडौँ | बालुवाटार जग्गा घोटाला काण्डको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ सय जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उक्त जग्गा कीर्ते काण्डमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित उच्च तहका राजनीतिक तथा सरकारी कर्मचारी तानिने भएका छन् ।

उक्त काण्डमा हाई प्रोफाइलका व्यक्तिहरू संलग्न रहेकाले प्रहरीले फेला परेका केही व्यक्तिलाई मात्र पक्राउ गरेर अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । ब्युरोले पुस महिनाभित्र मुद्दा अदालतमा बुझाइसक्नुपर्ने भएकाले केही व्यक्तिलाई पक्राउ गरी हाई प्रोफाइलका व्यक्तिलाई भने पक्राउ नगरीकनै अनुसन्धान प्रतिवेदन मात्रै अदालतमा बुझाउने तयारी गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री देशबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रयोग गरेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीमार्फत ब्युरोलाई हाइप्रोफाइलका व्यक्तिलाई सकेसम्म पक्राउ नगर्नु भन्ने आशयको निर्देशन दिएपछि ब्युरोले अनुसन्धान प्रतिवेदन मात्रै अदालतमा पेस गर्ने तयारी गरेको छ । ब्युरोले हाई प्रोफाइलका व्यक्तिको अनुसन्धान प्रतिवेदन अदालतमा बुझाएपछि उनीहरू अदालतमा सेटिङ गरी धरौटीमा छुट्ने प्रपन्च गरिरहेको स्रोतको दाबी छ ।

ब्युरोका प्रमुख डीआईजी धीरजप्रताप सिंहले भने ३ सय जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनीहरूको खोजीलाई ब्युरोले तीव्र बनाएको दाबी गर्नुभयो । उहाँले अदालतबाट पक्राउ पुर्जी जारी भएका सबैको खोजीका लागि ब्युरोले टोली परिचालन गरेको दाबी गर्दै भन्नुभयो– ‘हामी दोषी देखिएका सबैलाई पक्राउ गरी अदालतमा पेस गर्छौं ।’

- यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित